कोरोनाविरुद्धको खोप

तीन करोड चार लाख ७५ हजारले लगाए खोप

 

 

 

झापा /

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ। खोप अभियान सुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको सङ्ख्या एक करोड ६४ लाख ५८ हजार ४७५ पुगेको छ भने पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ३७ लाख ३४ हजार ३९० पुगेको छ।

यस्तै अतिरिक्त खोप लगाउनेको सङ्ख्या दुई लाख ८२ हजार ७२४ पुगेको छ। कुल जनसङ्ख्यामा एक मात्रा लगाउनेको ५४.२ र पूर्ण मात्रा लगाउने ४५.२ प्रतिशत पुगेका छन्। लक्षित जनसङ्ख्यामा एक मात्रा लगाउने ८२.६ र पूर्ण मात्रा लगाउने ६८.९ प्रतिशत पुगेको छ। हाल १२ देखि १७ वर्ष उमेर समूह र सोभन्दा माथि सबै उमेर समूहका व्यक्तिलाई सरकारले निःशुल्क खोप दिँदै आएको छ। उमेर १ देखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान छिटै सुरु गरिने जानकारी सरकारले गराएको छ।

२०७७ माघ १४ देखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो। नेपालमा कोरोनाविरुद्धको पहिलो पटक भित्रिएको कोभिसिल्ड खोप लगाएर खोप अभियान सुरु गरिएको थियो। सुरुमा खोप आउँदा नेपालमा प्रयोग गर्नका लागि मात्र खोप ल्याइएको हो भन्ने प्रचारले नागरिकलाई खोपप्रति आकर्षण थिएन। सर्वसाधारण मात्र नभई चिकित्सक, नर्सहरू पनि खोपप्रति विश्वस्त हुन सकेका थिएनन्।

खोपप्रति विश्वास दिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्चलगायतका सङ्घ, संस्थाहरूले खोप अभियान सफल बनाउन जनचेतना अभियान नै सुरु गरे। पहिलो पटक भारतले नेपाललाई १० लाख कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ , सांसद शाक्य

काठमाडौं,६ असोज । नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाबारे गृहमन्त्रीले तत्काल संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग

युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ , सांसद राई

काठमाडौं,६ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले युवामा बढ्दै गएको निराशा र आत्मदाहका घटनाको कारण पहिचान गर्न सरकारले गम्भीर पहल गर्नुपर्ने बताउनु भएको

बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

काठमाडौं,६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी।पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । बी।पी कोइराला

त्रिपुरेश्वर आगजनी , कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा आज कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। मृतकका आफन्तहरू अहिले कीर्तिपुर

नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्ने

काठमाडौं,६ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा नेपाल

प्रधानमन्त्रीको न्युयोर्क यात्रामा कुनै किसिमको ‘तामझाम’ नगरिने

काठमाडौँ,६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लाग्नु भएका प्रधानमन्त्री बालेन्द्र शाहले विदाइको परम्परागत शैली तोड्ने हुनुभएको छ। उच्चस्तरीय