ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज 

 

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको हो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसनको यही माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको हो ।

पहिलो र दोस्रो मात्राअन्तर्गत कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल लगाएकालाई बुस्टर डोजमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिने, पहिला मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका दिन मन्त्रालयले पत्राचार गरेको छ ।

यस्तै विदेशमा पहिलो मात्रा कोभिसिल्ड, अस्ट्राजेनिका, भेरोसेल, मोडर्ना, फाइजर खोप लगाएकाको हकमा दोस्रो मात्राका रूपमा कोभिसिल्ड, अस्ट्राजेनिका खोप प्रदान गर्नसमेत अनुरोध गरिएको छ । मन्त्रालयले माघ २ गतदेखि पहिलो चरणमा अग्रपंत्तिमा काम गर्नेलाई बुस्टर डोज प्रदान गरेको थियो । अहिलेसम्म बुस्टर डोज दुई लाख ९९ हजार नौ जनालाई लगाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीबारे चीनबाट आयो सूचना, जारी गरियो उच्च सतर्कता

काठमाडौं, १० भदौ। चीनतर्फबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका

राष्ट्रिय शोक घोषणा गरेर उद्धार र राहतमा लागौं : माहामन्त्री पौडेल

काठमाडौं,१० भदौ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवा क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौं,१० भदौ। भोटेकोशीमा आएको बाढीको जोखिम सुस्तासम्म रहने आकलन गरिएको छ। जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत पूर्वसूचना पठाउने तयारी

भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनका आठ बुँदे जानकारी

काठमाडौं,१० भदौ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिनु भएको छ। मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल

चितवनमा सतर्कता बढाईयो, यस्तो छ बाढिको पुर्वानुमान

चितवन , १० भदौ | चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देवघाटमा

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एकजुट

काठमाडौँ ,१० भदौ। भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद्