कैलालीमा जताततै संक्रमित, न परीक्षण न सावधानी

 

 

 

धनगढी / कैलालीमा कोरोनाभाइरस संक्रमणको जस्तै लक्षण देखिने बिरामीको संख्या ह्वात्तै बढेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने र शरीरका जोर्नी दुख्ने बिरामी बढे पनि सावधानी भने अपनाएको देखिँदैन । कोरोना जस्तै लक्षण भएका बिरामी घरघरमै हुँदा रोगको परीक्षण भने न्यून मात्रै हुने गरेको छ । सेती अस्पतालले सार्वजनिक गर्ने दैनिक परीक्षण दरअनुसार कैलालीमा दैनिक २०० हाराहारीमा मात्र कोरोना परीक्षण हुने गरेको छ । कोरोना परीक्षणका लागि अस्पताल पुग्नेमध्ये ६० प्रतिशतभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । तर, गाउँ टोलमा बस्ने अधिकांस मानिस भने मौसमी रुघाखोकी भन्दै स्वास्थ्य परीक्षण गराउँदैनन् ।

‘अस्पताल गए रुघाखोकीलाई पनि कोरोना देखाइहाल्छन्,’ धनगढी–२ का स्थानीय करन कुँवरले भने, ‘तर, यो एक दुई दिन घरमै बस्दा आफैँ निको हुने मौसमी ज्वरो हो, अहिले जताततै फैलिएको छ । अस्पतालसम्म टोलका कोही गएका छैनन् ।’ उनले घरघरमै अहिले मौसमी ज्वरोका विरामी रहेका बताए । ‘बालकदेखि वृद्धवृद्धा सबैमा अहिले मौसमी ज्वरो आएको छ,’ उनले भने, ‘सवै घरमै निको भइरहेका छन् ।’

धनगढी–१२ का स्थानीय केशव मिश्रले पनि वडामा मौसमी रुघाखोकी फैलिएको बताए । ‘घरघरमै मौसमी ज्वरोका बिरामी छन्,’ उनले भने, ‘एक दुई जनालाई बढी भएर अस्पताल जाँदा कोरोना देखायो, त्यसको डरले अरु व्यक्ति अस्पताल गइरहेका छैनन्, बिरामी पर्ने सबै घरमै निको भइरहेका छन् ।’

ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल गएका एक दुई जनामा कोरोना पोजेटिभ आएको उनले बताए । एक दुई जनामा कोरोना पोजेटिभ आएको भन्ने सुन्दा गाउँमा त्रास छाएको बताउँदै उनले पछिल्लो समय त्यस्तै प्रकृतिका बिरामी घरघरमै रहे पनि परीक्षण गराउन भने कोही नगएको उनले बताए ।

‘कोरोना पोजेटिभ देखाउँदा सबै डराउने र गाउँमा हिँड्डुल गर्न पनि संक्रमितलाई समस्या हुने गरेको थियो,’ उनले भने, ‘जसका कारण अहिले रोग लागेर पनि अस्पताल कोही गएका छैनन् । तर, सबै बिरामीमा लक्षण भने कोरोना जस्तै देखापर्ने गरेका छन् ।’
गाउँभरी बिरामी बढे पनि सावधानी भने कसैले नअपनाएको धनगढी–४ का स्थानीय वीरेन्द्र ऐरी बताउँछन् । पछिल्लो समय घरघरमा कोरोना जस्तै लक्ष्यण भएका बिरामी रहे पनि त्यसलाई कसैले गम्भिर रुपमा नलगेको र सावधानी पनि नअपनाइएको उनले बताए ।

‘बिरामी हुने सबै चिसो लागेर होला, ठिक भइहाल्छ भन्दै अस्पताल पनि जादैनन्,’ उनले भने, ‘न त सावधानी नै अपनाइएको छ, रोगीहरू पनि विनामास्क समाजमा हिँडिरहन्छन्, सबैले स्वास्थ्य परीक्षण गराएमा कोरोना संक्रिमतको संख्या बढ्न सक्द छ ।’
स्वास्थ्यकर्मीले भने रोग नलुकाउन र रोग लागेमा अनिवार्य स्वास्थ्य परीक्षण गर्न सुझाएका छन् । ‘कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ,’ धनगढी स्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फजिसियन डाक्टर शेरबहादुर कमरले भने, ‘यस्ता बेला शंकास्पद सबैै व्यक्तिले स्वास्थ्य परीक्षण गराउनु उपुयुक्त हुन्छ । लापरबाहीले स्वास्थ्यमा गम्भीर असर हुन सक्द छ ।’

उनले कोरोनालाई सामान्य रुपमा नलिनसमेत आग्रह गरेका छन् । ‘ज्वरो आउने र ठिक भएपछि सबै ठिक भइहाल्यो भन्ने भ्रम हुन सक्द छ,’ उनले भने, ‘तर कोरोनाले ज्वरो निको भएपछि पनि असर गरिरहेको हुन्छ, यसको मानसिक असर रोक्न सवैले स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि सेवन गर्नु नै उपयुक्त हुन्छ ।’

उनले कोरोना संक्रमण पुष्टि भएकाहरू अस्पतालको आइसोलेसनमा बस्न नमान्ने गरेको बताए । ‘कोरोना संक्रमित भएका व्यक्तिहरूपनि सकभर होमआइसोलेसनमै बस्छु भन्छन्,’ उनले भने, ‘उनीहरूबाट कोरोना संक्रमण बढ्ने खतर बढी हुन्छ ।’कोरोनाको संक्रमण दर बढे पनि नागरिकले भने स्वास्थ्यका मापदण्ड नअपनाएको उनले बताए । ‘बजारमा विनामास्क डुलिरहेका छन्,’ उनले भने, ‘भिडभाड हुने कार्यक्रम भइरहेकै छन्, धेरैले कोरोना खोप लगाएकाले जटिल खालको समस्या नदेखिएको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न

ज्येष्ठ नागरिकका अनुभवलाई अनुसन्धानको आधार बनाउँदै भालाकुशारी

अमेरिका , ४ असोज । ज्येष्ठ नागरिकको स्वास्थ्य, पारिवारिक हेरचाह र स्वास्थ्य सेवामा पहुँचका विषयमा काम गर्दै आएको प्रोजेक्ट भालाकुशारीको विशेष बैठक अमेरिकाको ह्यारिस्बर्गमा सम्पन्न