अक्सिजनको अभावले तड्पिएको हेटौंडा  : अहिलेअक्सिजन उत्पादन गर्ने क्षमता बनाएको छ

 

 

 

हेटौंडा — कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभावले तड्पिएको हेटौंडा अस्पतालले अहिले भने दैनिक २ सय ५० सिलिन्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने क्षमता बनाएको छ । शनिबारबाट दैनिक १ सय २५ सिलिन्डर अक्सिजन उत्पादन हुने गरी प्लान्ट सञ्चालनमा आएको हो ।

यसअघि उद्योग संघ मकवानपुरले १ सय १० र हेटौंडा उपमहानगरपालिकाको पहलमा घर जग्गा व्यवसायी मकवानपुरले दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट जडान गरिदिएका थिए । हाल अमेरिकी सरकारको सहयोगमा संघीय स्वास्थ्य मन्त्रालयले करिब ३ करोडको लागतमा दैनिक १ सय २५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको जानकारी दिँदै अस्पतालका अध्यक्ष राजेश प्रसार्इंले भने, ‘अव हेटौंडा अस्पताललाई अक्सिजनको समस्या पर्दैन ।’ यसअघि अक्सिजनको अभावमा कोरोनाका बिरामीलाई वीरगन्ज र भरतपुर रेफर गर्नुपर्ने बाध्यता थियो ।

अस्पतालमा अक्सिजन ल्याउन ठूलै सोर्सफोर्स लगाउनुपरेको उल्लेख गर्दै अध्यक्ष प्रसाईंले भने, ‘अब त्यस्तो समस्या व्यहोर्नु पर्दैन ।’ हेटौंडा अस्पतालमा अहिले कोरोनाका ९ जना संक्रमित उपचाररत छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको उक्त अस्पतालमा भेन्टिलेरसहित २० बेड तयारी हालतमा राखिएको छ । तेस्रो लहरमा कोरोनाका बिरामीलाई शय्याको अभावले अन्यत्र रेफर गर्न नपरेको अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटाले बताए ।

अस्पतालमै संक्रमित सुत्केरी
हेटौंडा अस्पतालको क्षमता र गुणस्तर सेवा पनि बढ्दै गएको छ । अस्पतालले संक्रमित गर्भवतीलाई सुरक्षित ढंगले सुत्केरी गराउन थालेको छ । यसअघि कोरोना संक्रमित गर्भवतीलाई भरतपुर र वीरगन्ज पठाउने गरिएको थियो ।

अस्पतालले माघ १ देखि संक्रमित गर्भवतीलाई अस्पतालमै सुरक्षित ढंगले सुत्केरी गराउन थालिएको अस्पतालका कोभिड विभागका फोकल पर्सन प्रशान्त बिडारीले बताए । उनले यस अवधिमा २० जना संक्रमित गर्भवतीलाई सुत्केरी गराइसकेको जनाए । ‘संक्रमण पुष्टि भएकी गर्भवतीलाई सुत्केरी गराउन अलग्गै कोठा, स्वास्थ्यकर्मी चाहिन्छ,’ हेटौंडा अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. रामकाजी महर्जनले भने, ‘संक्रमितका लागि पहिले छुट्टै अप्रेसन कक्ष र सुत्केरी कक्ष थिएन । तर अहिले अलग्गै व्यवस्था गरिएको छ, त्यसैले सक्रमितलाई सुत्केरी गराउन सम्भव भयो ।’ यो अस्पतालमा अहिले दैनिक १० देखि १५ जनासम्म सुत्केरी हुने गरेका छन् । त्यसमा एक, दुई जना संक्रमित सुत्केरी हुने गरेको अस्पतालले जनाएको छ ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट