खराबी देखाउने नयाँ प्रविधि

कोभिड भएपछि फोक्सोमा देखिएको खराबी पत्ता लगाउने नयाँ प्रविधि पत्ता लाग्यो !

 

 

कोरोना भाइरस सङ्क्रमण भइसकेको मानिसको फोक्सोमा हतपत पत्ता नलाग्ने खराबी देखाउने नयाँ प्रविधि पत्ता लागेको छ । बेलायतमा यो प्रविधिमार्फत गरिएको प्रारम्भिक अध्ययनले कोभिड भएका मानिसको फोक्सो सहजै पत्ता नलाग्ने गरी क्षति भएको देखाएको बीबीसीले जनाएको छ ।

नियमित जाँचबाट नदेखिने फोक्सोको अस्वाभाविक रुपबारे अध्ययनका लागि वैज्ञानिकहरूले नयाँ ग्याँस स्क्यान प्रक्रिया अपनाएका थिए ।

कोभिडको प्रारम्भिक चरणमा अस्पतालको उपचार आवश्यक नभएका तर पछि लामो समयसम्म श्वासप्रश्वासको समस्या भएका ११ जनामा यो प्रविधिमार्फत अध्ययन गरिएकोमा नियमित जाँचबाट पत्ता नलाग्ने गरी क्षति भएको देखाएको हो ।

यसबारे अझै बृहत् र विस्तृत अध्ययन भइरहेको जनाइएको छ । कोभिड भएपछि अस्पताल भर्ना भएका मानिसहरूमा गरिएको यसअघिकै अध्ययनमा आधारित भएर नयाँ अध्ययन थालिएको थियो ।

अनुसन्धानकर्ताहरूले अध्ययनबाट दीर्घ कोभिड भएका प्रायजसाे बिरामीलाई किन श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ भन्नेबारे थप प्रष्ट पार्ने बताएका छन् । जाँचमा अरू कुनै रोग नदेखिए पनि कोरोना भाइरस सङ्क्रमण लक्षण कयौँ हप्तासम्म निको नहुने अवस्थालाई दीर्घ कोभिड भन्ने गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको