स्तन क्यान्सर पीडितलाई ९८ हजार बढी सहयोग

संघले दमकमा रहेका अटो व्यवसायीमार्फत नगद संकलन गरेर सहयोग गरेको संघका अध्यक्ष बुद्धिसागर बरालले जानकारी दिनुभयो ।

दमक, २६, चैत /  स्तनमा क्यान्सर भएर गत साउनदेखि निरन्तर उपचार गराइरहनु भएकी दमक ५ निवासी गोमादेवी कार्की कटुवाललाई आर्थिक सहयोग गरिएको छ ।

अटो मोवाइल्स संघ दमक नगर कमिटीले संकलन गरेको ९८ हजार ६ सय रुपैयाँ मंगलबार देवीका श्रीमान निर्मल कटुवाललाई हस्तान्तरण गरिएको हो ।

निर्मल अटो मेकानिक भएको र श्रीमतीको उपचारमा आर्थिक अभाव भएको थाहा पाएपछि संघले दमकमा रहेका अटो व्यवसायीमार्फत नगद संकलन गरेर सहयोग गरेको संघका अध्यक्ष बुद्धिसागर बरालले जानकारी दिनुभयो ।

संघले संकलन गरेको सो रकम दमक उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष राजु खड्काको उपस्थितिमा कटुवालको घरमै पुगेर वितरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएको र पछिल्लो समय अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याउन समेत रकम अभाव भएपछि आर्थिक संकलन गर्नुपरेको कटुवालले सो क्रममा बताउनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी उद्धारमा सरकारलाई सघाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ। तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

काठमाडौं,१७ भदौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते

गुटेरेसको चेतावनी देखि भोटेकोशी विपद् र न्यायको खोजीसम्म

काठमाडौँ,१७ भदौ । नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र त्यसले निम्त्याइरहेको विपद्ले देशको जलवायु संकट अब चेतावनीको तहबाट पार गरी वास्तविक

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको