बिपद् व्यवस्थापनको सवाल

बिपद् व्यवस्थापनको रणनीतिक योजनामा गौरादह

गौरादह नगरपालिकाले पनि बिपद् मनसुन व्यवस्थापन प्रतिकार्य योजनाहरु बनाउँदैछ ।

गौरादह, २२ बैशाख / बिपद् कहिले आउँछ भनेर थाहा हुँदैन । त्यसैले सधैं तयार रहनु, जानकारी हाँसिल गर्नु र मिलेर काम गर्नु नै सुरक्षित समाजको आधार पनि हो । यसैलाई मध्यनजर गर्दै झापाको गौरादह नगरपालिकाले बिपद् व्यवस्थापनका लागि बिभिन्न रणनीतिक योजनाका साथ काम गर्ने भएको छ ।

 

बिपद् कतिबेला आउछ पत्तो हुन्न । नेपालमा हावाहुरी, चट्याङ, बाढी पहिरो, भूकम्प, आगलागी, दुर्घटना र स्वास्थ्यको प्रकोपको जोखिम छ । दुर्घटना र भूकम्पको प्रकोप जतिबेला पनि हुन सक्ने तर वर्षा सुरु हुनुअघि हावाहुरी, आगलागी र चट्याङ र स्वास्थ्यको प्रकोप जोखिम हुने गर्दछ ।
त्यसैले बिपद् जोखिम न्यूनीकरण गर्न तहगत सरकारको सञ्जाललाई सक्रिय बनाउन आवश्यक ठानेर झापाको गौरादह नगरपालिकाले पनि बिपद् मनसुन व्यवस्थापन प्रतिकार्य योजनाहरु बनाउँदैछ । बिपद् विरुद्ध स्थानीय स्रोत र साधनको उपयोग गर्ने र स्थानीय तहका आवश्यक संयन्त्रलाई क्रियाशील बनाउन जोड दिईने गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी बताउनुहुन्छ ।

 

नगर प्रमुख सुवेदीका अनुसार नगर भित्रका रतुवा, कमल, गेउरिया, रामचन्द्रे, कृष्णे लगायतका साना तथा ठुला नदिहरुले मनसुनजन्य बिपद् निम्त्याउन सक्ने भएकाले त्यसको रोकथामका लागि अग्रिम तयारी थालिने छ । यस्तै वडा/वडामा बिपद् व्यवस्थापन समिति निर्माण गरि उच्च जोखिममा रहेका बस्तीहरुको समयमै पहिचान गरि त्यसको व्यवस्थापनमा नगर लाग्ने उहाँले बताउनुभयो । यस्तै, नेपाल रेडक्रस सोसाईटी उपशाखा गौरादहका सभापति सञ्जिव कार्की बिपद् व्यवस्थापनका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुहुन्छ ।

 

 

बिपद्मा धनजनको क्षति र मानवीय संवेदनशीलता बढ्दै गएमा बिपद् जोखिम न्यूनीकरणका आपतकालिन योजना र रणनीतिलाई कार्यान्वयन गर्ने, जोखिमको स्थानलाई रेखांकन गर्ने, सो स्थानमा रहेको धनजनको सुरक्षित स्थानमा स्थानान्तरण गरी मानिसलाई अति आवश्यक सुविधा उपलब्ध गराउने र संवेदनशील अवस्थाको सतर्कताका लागि प्रभावित आम नागरिकलाई सूचना प्रवाह गर्ने एवं संवेदनशील स्थितिको गाम्भीर्यतालाई तहगत सरकारबीच निरन्तर सूचना प्रवाह गर्ने जस्ता काममा जिल्ला र स्थानीय बिपद् व्यवस्थापन समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सुझाव छ गौरादहका स्थानीयवासी माधव भट्टराईको ।

 

 

बिपद्बाट हुने तनाव न्यूनीकरण गर्न मनोपरामर्शको उपयोग गर्ने, बिपद्पछि हुने संवेदनशील अवस्था न्यूनीकरण गर्न आम संयन्त्र परिचालन गर्ने र आवश्यकता आंकलन गरी थप सहयोगको आवश्यकताका लागि स्थानीय सरकारले आफ्‌नो जिम्मेवारी वोध गर्नुपर्ने र नागरिक मञ्च, अभियन्ता, गैरसरकारी संस्था र स्वयंसेवकहरूलाई सक्रिय रूपमा परिचालन गर्नुपर्ने स्थानीयहरुको सुझाब छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर