विद्यार्थी टिकाउने जुक्ति

दमकमा ड्रप आउट रोक्न विद्यार्थीहरुलाई साइकल वितरण

विद्यार्थीहरु ड्रप आउट नहुन भन्ने उदेश्यलेनै उनीहरुलाई साइकल वितरण

 

दमक । २५, बैशाख । झापाको दमक नगरपालिका वडा नम्बर १० मा रहेको एक विद्यालयका छात्र तथा छात्राहरुलाई निशुल्क साइकल वितरण गरिएको छ । दमक नगरपालिकाले दमक १० स्थित श्री पशुपति आधारभूत विद्यालयमा अध्यनरत छात्र, छात्राहरुलाई निशुल्क साइकल वितरण गरेको हो ।

 

देशको परिचय देश विकासको मूल आधार शिक्षा हो भने शिक्षा विकासको मुख्य आधार विद्यालय तह शिक्षा नै हो । विद्यालय शिक्षा गुणस्तरीय व्यवहारिक र वैज्ञानिक बनाउँदै लग्यो भने विश्व प्रतिस्पर्धाकाका लागि यहाँको शिक्षा योग्य हुन पुग्दछ । विश्व प्रतिस्पर्धायुक्त शिक्षाका लागि विद्यालय तहदेखि नै बनाउँदै लैजानु राज्यको प्रथम दायित्व हो । तर, नेपालको शन्दर्भमा हेर्ने हो भने अहिले बिद्यार्थी ड्रप आउटको समस्या अधिक देखिन्छ ।

 

बिबिध कारणले विद्यार्थी ड्रप आउट अर्थात बिचैमा विद्यालय छाड्ने गरेको पाएपछि दमक नगरपालिकाले भने भिन्न भिन्न योजना अघि बढाउदै विद्यार्थीलाई विद्यालयमै टिकाईराख्ने जुक्ती निकालिरहेको छ ।

 

यसै शन्दर्भमा दमक नगरपालिका वडा नम्बर १० स्थित श्री पशुपति आधारभूत विद्यालयमा अध्यनरत छात्र तथा छात्राहरुलाई निशुल्क साईकल वितरण गरेको छ । बिहिबार विद्यालय परिसरमै आयोजित एक कार्यक्रमका बिच दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रशाईको प्रमुख आतिथ्यतामा १६ थान साइकल विद्यार्थीहरुलाई वितरण गरियो ।

 

विद्यार्थीहरुलाई टाढा टाढाबाट आउन समस्या भईरहेको अवस्थालाई देखेर नगरपालिकाले गरेको सहयोगले विद्यार्थीहरुलाई हौसला मिलेको विद्यालयका प्रधानाध्यापक सिताराम निरौला बताउनुहुन्छ ।

 

भौगोलिक हिशाबले पनि केहि समस्या रहेको र बर्खा याममा नदि पारीबाट आउनुपर्ने विद्यार्थीहरुलाई असहज हुने गरेको गुनाशो पछि नगरपालिकाकी उपप्रमुखको सक्रियतामा बिद्यार्थीहरुलाई साईकल वितरण गरेपछि धेरै हदसम्म विद्यार्थीका ति समस्या समाधान हुनेमा आफु आशाबादी रहेको बताउनुहुन्छ दमक १० का घनश्याम खनाल ।

 

मानबीय बिकासको पूर्वाधार भनेकोनै शिक्षा रहेको र शिक्षामा लगानी बढाउनुपर्ने बताउनुहुदै दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रशाईले विद्यार्थीहरु ड्रप आउट नहुन भन्ने उदेश्यलेनै उनीहरुलाई साइकल वितरण गरिएको जानकारी गराउनुभयो ।

 

शिक्षा पवित्र भएकोले एवम् शिक्षा सबैको आधारभूत आवश्यकता भएकाले राज्यले गर्दै आएको शिक्षामा लगानी वृद्धि गरिनुपर्ने हुन्छ । आजका कलिला बालबालिका तथा मुना यो देशका भविष्यका कर्णधार र देशका परिचय हुन् ।

 

यिनीहरु माथि राज्यले सक्दो लगानी गरेर शिक्षा सबैको साझा बनाउनु पर्दछ । शिक्षामा लगानी गरेको कतै खेर जाँदैन त्यो राज्यमै रहन्छ । शिक्षा राज्यको अमूल्य सम्पत्ति हो भन्ने कुरालाई ख्याल गरिन आवस्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी