आज्ञा नमान्नेहरु पाखण्डी : मेयर

ट्याक्सीस्ट्याण्डमा ट्याक्सी नदेखेपछि दमकका मेयरको आक्रोश

दमक,  २६ बैशाख |  झापाको दमक नगरपालिकाले दमक चोकबाट ट्याक्सी स्ट्याण्ड दमक ७ को पशुहाटस्थित खुल्ला स्थानमा स्थानान्तरण गरेको एक बर्ष पुरा भएको छ । तर, हिड्दैछ पाईला मेट्दैछ भनेझै स्ट्याण्ड सारेको बर्षदिन नबित्दै दमक ७ मा उपलब्ध गराईएको स्ट्याण्ण छाडेर कतिपय ट्याक्सीहरु साबिककै स्थानमा बस्ने गरेका छन् । यस प्रति दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले आपत्ति जनाउनुभएको छ ।

एक बर्षअघि दमकको मुख्य चोकमा रहेका ट्याक्सीहरुलाई व्यवस्थित रुपमा राख्ने भन्दै दमक ७ मा रहेको खुल्ला स्थानमा स्थानान्तरण गरियो । तर, स्थानान्तरणको केहि समयपछिनै सो स्थानमा केहि बाहेक अरु ट्याक्सीहरु पुरानै स्थानमा फर्किए ।

स्ट्याण्ड सारेको एक बर्ष पुरा भएको अवसरमा स्वरोजगार हलुका सवारी श्रमिक संस्थाले आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका दमक नगर प्रमुख राम कुमार थापाले यसरी नगरले उपलब्ध गराएको स्थानमा आउन नमान्नेहरुलाई पाखण्डीको संज्ञा दिनुभएको छ ।

नगरपालिकाले अर्को स्थायी व्यवस्था नहुञ्जेलसम्मका लागि तत्काल व्यवस्थापन गर्नका लागि यो स्थान उपलब्ध गराईएको तर, केहि छुद्र नेताहरुको कारणले अहिले पुन समस्या निम्तिएको नगर प्रमुख थापाको आरोप छ ।

दोहोरो चरित्र देखाउनेहरुको दमकमा कमी नभएको बताउदै उहाले यस बिषयलाई जित हारको बिषय नबनाउँनपनि आग्रह गर्नुभयो ।

 

उता, स्वरोजगार हलुका सवारी श्रमिक संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले स्थानीय सरकारको कमजोरीकै कारण समस्या आएको बताउनुभयो । उहाले स्थानीय सरकारले तदारुकता देखाउने हो भने सबै समस्या समाधान हुने उल्लेख गर्नुभयो ।

स्ट्याण्ड सारेपछि पनि स्थानीय सरकारले तोकेको ठाउँमा आउन नमान्नेलाई भटाभट कार्बाही गर्ने हो भने पनि समस्या समाधान भएर जाने उहाको भनाइ थियो ।

यसैबिच, दमक चोकबाट ट्याक्सी स्ट्याण्ड दमक ७ को पशुहाटस्थित खुल्ला स्थानमा स्थानान्तरण गरेको एक बर्ष पुरा भएका अबशरमा स्वरोजगार हलुका सवारी श्रमिक संस्थाले हाल नगरले उपलब्ध गराएको ट्याक्सी स्ट्याण्डमा सरसफाई कार्यक्रमको समेत आयोजना गर्यो ।

 

 

सरसफाई कार्यक्रममा हलुका सवारीका सवारी धनि तथा चालक, ईलाका प्रहरी कार्यालय दमक, दमक ट्राफिक, स्थानीय संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी