सर्जकको हविगत

‘नक्कली प्रचण्ड’ २ वर्षदेखि ओछ्यानमा क्यान्सरसँग लड्दै

दमक, १३ जेठ / पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नक्कल गरेर ‘नक्कली प्रचण्ड’ भनेर चिनिनु भएका हास्यकलाकार घनश्याम गौतम पछिल्लो २ बर्षदेखि क्यान्सर रोगले ओछ्यान पर्नुभएको छ ।

 

झापा घर भएर काठमाडौंमा कलाकारिता गर्दै गर्दा विरामी पर्नुभएका उहाँ काठमाडौं मेडिकल कलेजमा क्यान्सर रोगसँग लड्दै गरेको र उहाँलाई उपचारका लागि आर्थिक सहयोग आवश्यक रहेको कलाकार शिशिर भण्डारीले उल्लेख गर्नुभएको छ । भण्डारीले आफूले गौतमलाई अस्पतालमा भेटेर १५ हजार सहयोग प्रदान गर्दै उहाँको जीवन बचाउन सबै कलाकारले सक्दो सहयोग गर्न आवश्यक रहेको जनाएर सहयोगको आव्हाननै गर्नुभएको छ ।

 

थुप्रै रंगमञ्च, सिरियल तथा प्रहसनहरुमा आफ्नो कलाकारिता प्रस्तुत गर्ने क्रममा पछिल्लोपटक प्रचण्डको क्यारिकेचर गरेर चर्चामा आउनु भएका गौतमलाई बचाउन राज्य पक्षको समेत दायित्व रहेको कलाकारहरुले आवाज उठाइरहेका छन् ।

 

कलाकारितामै व्यस्त भइरहेको बेला २०८० असारबाट उहाँ विरामी पर्नुभयो । ठूलो आन्द्राको क्यान्सरबाट पीडित उहाँ अहिले क्यान्सरसँगै मिर्गौला र मानसिक समस्याबाट ग्रसित रहनु भएको छ । उहाँकी श्रीमती युगज्योतिले भक्तपुर क्यान्सर अस्पतालको लापरबाहीका कारण श्रीमानको यस्तो हालत भएको जिकिर गर्दै आउनु भएको छ ।

 

उहाँलाई डेढ वर्षअघि सक्कली प्रचण्डले समेत भेटेर प्रभावकारी उपचार गराउने प्रवन्ध मिलाउने भन्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय