दमक, १३ जेठ / नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
विशाल थापासहितका अधिवक्ताहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई पनि प्रतिवादी बनाएर मंगलबार रिट दर्ता गरेका छन् ।
रिटमाथि बुधबार पेसी तोकिएको छ । यसअघि पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नबाट रोक्न माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्चले दरपीठ गरेको थियो ।









