दमक, १४ जेठ । झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीबाट दुई जना पक्राउ परेका छन् ।
खैरो हेरोइनको कारोबार भइरहेको सेक्टर डी वान, हट नम्बर १०१ का २९ वर्षीय किरण राई र भारत बिहार राज्यको पुर्णिया जिल्ला नगानिगम पुर्निया सिटी वडा नम्बर ३४ घर भएका ३६ वर्षीय मनिसकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले राई र गुप्ताको साथबाट आठ ग्राम खैरो हेरोइन फेला परेकोले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, जिल्लाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलस्थित लागुऔषध ब्युरो नियन्त्रण काँकरभिट्टाको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेको अवस्थामा शिवसताक्षी नगरपालिका ९ का २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई पनि पक्राउ गरेको छ । लिम्बुको साथबाट ४ ग्राम ८०० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो ।









