सहभागीहरुले भने ‘हामी बोल्न सक्ने भयौं’

पथरी, १६ जेठ / मोरङको पथरीशनिश्चरे नगरपालिकामा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धि तालिम सम्पन्न भएको छ ।

 

सञ्चार क्षेत्रमा काम गर्दै आएको आदर्श सर्भिस सेन्टरको आयोजनाको तालिम उपलब्धिमूलक भएको पथरी शनिश्चरे नगरपालिका १ नम्बर वडा अध्यक्ष भीमकुमार राईले बताउनुभयो ।

 

समापन कार्यक्रममा उद्घोषण तालिम सिकेकी समीक्षा श्रेष्ठले उद्घोषण गर्नुभएको थियो । तालिम लिएका लक्ष्मी राई, सुजन साँबा, विकास शेर्पा, स्वस्तिका राई, भूमिका धिमाल, मञ्जु लिम्बूले तीन दिने उद्घोषण तथा भाषण कलाको सिकाईका बारेमा बोल्नु भएको थियो । सहभागीहरुले तालिम छोटो भएपनि ज्ञान र अनुभव लिएर बोल्ने हिम्मत बढेको प्रतिक्रिया दिनुभयो ।

 

आयोजक आदर्श सर्भिस सेन्टरका अध्यक्ष मौसम लिम्बूको अध्यक्षताको समापन कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नगर समिति अध्यक्ष देवेन्द्र वनेम, तमु छोज धिका राजेन्द्र गुरुङ, सुनाखरी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदिपकुमार राई, शिक्षक राजकुमार राई, कार्यक्रमका प्रमुख प्रशिक्षक लोकसागर साम्बा लगायतले कार्यक्रमबारे विचार राख्नु भएको थियो।

 

पथरी शनिश्चरे १ नम्बर वडामा रहेका विभिन्न संस्थाबाट ३० जना सहभागी रहेको तालिममा लोकसागर साम्बा, केशव निरौला र अर्जुन जम्नेली राईले सहजीकरण गर्नुभएको थियो ।

 

पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयको सहकार्यमा तालिम सञ्चालन भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय