दमकमा करौडौंको लगानी जोखिममा

तीन वर्षसम्म दैनिक १५ सय केजी बायोग्यास खेर

दमक, २० जेठ / दमकमा निर्माण गरिएको बायोग्यास उत्पादन सुरु भएको तीन वर्षसम्म पनि प्रयोगविहीन छ । अर्थात, दैनिक दुई हजार दुई सय परिवारलाई खाना पकाउन पुग्ने गरी निर्माण गरिएको बायोग्यास प्लान्ट उत्पादनको तीन वर्षसम्म पनि प्रयोगमा आउन सकेको छैन ।

 

दमक नगरपालिकाको फोहोर व्यवस्थापन पनि हुने र फोहोरबाट बायोग्यास उत्पादन हुने योजनाको साथ बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । दमक २ स्थित हम्सेदुम्से वन क्षेत्रको तीन बिगाह क्षेत्रफलमा ग्यास प्लान्ट निर्माण गरिएको छ । दमकको फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच ०७६ माघ १० मा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनामा सम्झौता भएको थियो ।

 

जसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाँच करोड ८८ लाख २७ हजार ९०२ र कम्पनीले १४ करोड ७० लाख ६९ हजार ७५७ रुपैयाँ लगानी गर्ने सहमति भएको थियो । यद्यपि, अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छैन । नेक्स्ट इरा इनर्जी प्रालि प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार यो प्लान्टबाट दैनिक करिब १ हजार ५ सय केजी ग्यास उत्पादन भइरहे पनि त्यसै खेर गइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय