बालबिकास सहजकर्तालाई मन्टेश्वरी तालिम

पथरी, २० जेठ / पथरी शनिश्चरे नगरपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि ७ दिने मन्टेश्वरी तालिमको आज समापन भएको छ ।

 

मंगलबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा प्रारम्भिक वाल विकास कक्षामा कार्यरत सहजकर्ताहरुका लागि मन्टेश्वरी पद्धतिमा आधारित पुनर्ताजगी तालिमको समापन भएको हो ।

 

शिक्षा, युवा तथा खेलकुद शाखा पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको तालिमको सहजकर्ताको भूमिका यमुना तिम्सिना र सुजता खनालले गर्नुभएको थियो । आयोजकका तर्फबाट सहजकर्ताद्वयलाई प्रशंसापत्र वितरण गरिएको थियो । प्रशिक्षार्थीको तर्फबाट सरस्वती आविकी योगमाया ढुंगानाले आफ्ना कुराहरु राख्नुभएको थियो । तालिममा सहभागीहरुले तालिम निक्कै फलदायी भएको र आफू कार्यरत विद्यालयमा भोलिबाटै लागू गर्ने सुनाउनुभयो । तालिममा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।

 

कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरेका शाखा प्रमुख नविन खुलाल , नगर शिक्षा शाखाका प्रा.स. विना मिश्र लगायतको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच