दमक, २० जेठ / दमक ५ स्थित दीपिनी आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा अस्मिता लामगादेको दौडको रुचीले उहाँलाई राष्ट्रियस्तरसम्म पुर्याएको छ ।
दौडमा अब्बल छात्राका रुपमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय दौडका लागि छनोटमा पर्नु भएकी लामगादेको उमेर मात्र ११ वर्षको रहेको छ । लामगादे १४ वर्ष मुनीको ४०० मिटर दौडमा कोशी प्रदेशमा प्रथम भएर राष्ट्रिय खेल खेल्न काठमाडौं जान लागेपछि ५ नम्बर वडा कार्यालय र विद्यालयले नगदसहित सम्मान गरेको छ ।
कार्यवाहक वडा अध्यक्ष खड्ग राई, कार्यपालिका सदस्य खेमकुमारी परियार, वडा सचिव निधिनारायण ढुंगेल, विद्यालयका प्रधानाध्यपक शेषकुमार निरौलासहित विद्यालय परिवारले लामगादेको विदाई गर्दै जितका लागि शुभकामना व्यक्त गरिएको छ ।
यसैबीच, वडा कार्यालयले सो विद्यालयका कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थीको अबस्था र उनीहरुको पुस्तक बोक्ने झोला र किन्नुपर्ने बाँकी पुस्तकको अबस्थाको बारेमा वडा कार्यलयबाट अवलोकन गरिएको छ ।









