दमक, २१ जेठ । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुनः सुचालु भएका छन् ।
मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबीचको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो । सरकारले यातायातका नीजि साधनलाई समेत सार्वजनिक प्रयोजनमा प्रयोग गर्न मिल्ने प्रकारको घुमाउरो प्रावधान ल्याउन खोजेको भन्दै त्यसप्रति असहमति जनाएर यातायात व्यवसायीहरु आन्दोलित बनेका थिए ।
मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायी आफ्नो प्रदर्शन फिर्ता लिने निर्णयमा पुगेका थिए ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।









