सिङ्गिङ् तथा डान्सिङ् आइडल प्रतिष्पर्धा

को बन्ला पथरी शनिश्चरे आइडल ?

केही प्रतिष्पर्धी यसअघिका नगर भन्दा बाहिरका प्रतिष्पर्धामा सामेल समेत भइसकेका छन् ।

पथरी, २१ जेठ / सृजना क्षेत्रको गतिविधिमा सक्रिय उत्तरपूर्वी मोरङको पथरी शनिश्चरेमा प्रथम पटक सञ्चालित नगरस्तरीय सिङ्गिङ् तथा डान्सिङ् आइडलको उपाधि कस्ले जित्ला भन्ने जिज्ञासा झन् झन् बढिरहेको छ ।

 

प्रतिष्पर्धाको फाइनल चरण नजिकिदै गर्दा जिज्ञासा झन् झन् बढ्दै गएको हो । जेठ २४ मा हुने फाइनल प्रतिष्पर्धाका लागि उत्कृष्ठ १० मा परेकाहरुले आफ्‌नो तयारीलाई निखारीरहेका छन् । उनीहरु यसबेला बन्द प्रशिक्षणका रुपममा रहेको सृजनशीलताको प्रवद्र्धन सम्बन्धि उत्प्रेरणामूलक तीन दिने तालिम सकेर आफ्‌नो तयारीका लागि चाहिने आवश्यक पक्षका बारेमा थप सचेत बनेका छन् ।

 

नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजनाको आइडल प्रतिष्पर्धामा पथरी शनिश्चरेको शिविरमा रहेका २ जना भुटानी शरणार्थी समेत गरी दुबै विधाबाट उत्कृष्ठ १०/१० मा छानिएका छन् । जसमा केही प्रतिष्पर्धी यसअघिका नगर भन्दा बाहिरका प्रतिष्पर्धामा सामेल समेत भइसकेका छन् भनें केही नयाँ प्रतिष्पर्धी छन् । गायनमा भन्दा नृत्यमा कम उमेरका प्रतिष्पर्धी छन् । तर उर्जा र प्रस्तुतिका हिसाबले सबै प्रतिष्पर्धी एकसे एक छन् ।

 

गायनतर्फ वडा नम्बर १ का रोश्नी गुरुङ, रिक्जन दर्नाल, उमेश विश्वकर्मा, किरण प्रताप विक, ओसियन सेञ्चुरी, आवन्तिका बस्नेत र अनम पराजुली छानिनु भएको छ । वडा नम्बर २ बाट राज लोहार, तुलसा थापा, वडा नम्बर ४ बाट अभिशेक मेयाङ्बो उत्कृष्ठ १० मा पर्नुभएको छ ।
नृत्यतर्फ, वडा नम्बर १ बाट आयुषा दर्जी, निमिषा बस्नेत, २ बाट सितल कार्की, कृष्टिना तामाङ छनोटमा पर्न सफल हुनुभयो । वडा नम्बर ४ बाट युनिका राई, ९ बाट अनुस्का सुनाम दर्जी, युन्छोमा लिम्बू र गरिमा मगर चुनिन सक्नु भयो । भुटानी शरणार्थी रहेको वडा नम्बर १० बाट शिविरका वितेस राई र सुजता घिसिङ छनोटमा परेर फाइनल चरणमा प्रवेश गर्नुभएको छ । वडा नम्बर १० मा जन्मेका भुटानी शरणार्थीलाई जन्मदर्ताका आधारमा प्रतिष्पर्धामा सहभागि गराइएको छ ।

 

पहिलो अडिसनबाट हसन्दह र पथरीमा गरी नृत्यमा ११४ जना र गायनमा १०२ जनाले भाग लिएका थिए । जसमध्ये नृत्यतर्फ ४८ र गायनतर्फ ५७ गरी १०५जना छनोटमा परेका थिए ।

 

फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । गायनतर्फको कार्यक्रम अर्जुन सेञ्चुरी र नृत्यतर्फको रामबहादुर विश्वकर्माले संयोजन गर्नुभएको छ । कार्यक्रमको समापनका दिन ‘पूर्वै रमाइलो’ सहितका गीतका चर्चित लोकगायक गौरव दर्पणलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको छ ।

 

समग्र कार्यक्रमका लागि नगरपालिका कार्यालयको ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । २०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित समितिले साहित्य र कलाका गतिवधि वर्षेनी सञ्चालन गर्दै आएको समितिका अध्यक्ष धनराज राई अमीरले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय

रविलाई चिनियाँ राजदूतको आश्वासन– विपद् पूर्वसूचना प्रणाली बलियो बनाउँछौं

 काठमाडौं , १६ भदौ । रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ ।उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक