भान्सा सुधार अभियान

‘रसायनमुक्त बनौं, भान्सालाई औषधालय बनाऔं’

बेसार, लसुन, मेथी, अजवाइन, गुर्जो, तुलसी — यी सबै रोग प्रतिरोधी तत्व हुन् । यिनको सही मात्रा, समय र तरिका बुझेर प्रयोग गर्‍यो भने घरकै भान्सा अस्पताल बन्न सक्छ ।

दमक, २३ जेठ  ।  हामीले दैनिक उपभोग गर्ने खानेकुरामा औषधीय गुण हुन्छ । बेसार, लसुन, मेथी, अजवाइन, गुर्जो, तुलसी — यी सबै रोग प्रतिरोधी तत्व हुन् । यिनको सही मात्रा, समय र तरिका बुझेर प्रयोग गर्‍यो भने घरकै भान्सा अस्पताल बन्न सक्छ ।

 

यसैलाई मध्यनजर गर्दै झापाको दमक नगरपालिका वडा नम्बर ६ मा भान्सालाई नै औषधालय बनाउने तालिम सञ्चालन गरेको छ । तालिमको औपचारिक उद्धाटन गर्दै वडाअध्यक्ष टेकबहादुर थापाले अहिले हरेक नेपालीको भान्सामा प्रयोग हुने खाना र बिभिन्न परिकार नै रोगको जड रहेको र यसको निराकरणमा दमक नगरपालिकाले अभियान नै सञ्चालन गरेको बताउनु भयो । भन्नुभयो ‘रसायनमुक्त बनौं, अर्गानिक खानेकुरा खाऔं र भान्सा नै औषधालय बनाऔं । यस अभियानलाई वडाले पनि यसलाई निरन्तरता दिएको छ ।’

 

२ दिने तालिममा नेपाली भान्सामा कस्ता परिकार बनाउने भन्ने विषयकासाथै योग र आर्युबेदका बिषयमा आवश्यक तालिम प्रदान गरिएको थियो । तालिमको सहजीकरण नेपाल आर्युबेदिक योग चिकित्सक डा. क्षितिज बाह्रकोटीले गर्नुभएको थियो । बाह्रकोटीले नेपाली खाना प्रयोगमा ल्याउँदा नेपाली भान्सा सही रुपमा भएपनि अहिले आधुनिकतामा रुपान्तरण गर्दा नेपाली भान्सामा समस्या आएको बताउनुभयो । करिब ४५ जना सहभागि रहेको तालिममा योग चिकित्सक र सहभागिहरुबीच अन्तरक्रिया भएको थियो ।

 

 

बाह्रकोटीकै सहभागितामा दमकस्थित पशुपति मन्दिर प्रांगणमा योग साधनाको समेत अभ्यास गरिएको थियो । जहाँ वडामा रहेका सैयौं नागरिक सहभागि भइ बिभिन्न आसनमा योग साधना गरेका थिए ।

 

दमक ८ की मेनुका दुलाल मानिसको जीबनमा योग जीवनको महत्व र आर्युबेदिक पद्धतीबारे महत्वपूर्ण जानकारी पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।स्वस्थ खाना र स्वस्थ्य वातावरणमा बसे मात्र जीवन स्वस्थ र निरोगी बनाउन कार्यक्रमले सिकाएको दमक ५ की खेमकुमारी संग्रौला ओलीले प्रतिक्रिया जनाउनु भयो ।

 

 

नेपाली उखान नै छ, भान्सानै औषधिको घर हो भन्ने । यही कुरालाई ध्यान दिएर हरेक मानिसले आ–आफ्नो भान्सामा दैनिक प्रयोग हुने खाध्यवस्तुलाई चिनेर नियमित रुपमा खानामा प्रगोग गर्न सकेमा बजारमा प्याकिङको रुपमा तयारी भएका मिसावटयुक्त बस्तुलाई प्रयोगमा ल्याउन आवश्यक पर्दैन । जसले हामीलाई स्वस्थ रहन मद्धत पुग्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति