प्रथम दमक जुत्ताचप्पल मेला

जुत्ताचप्पल मेलामा उपभोक्ताको आकर्षण, साँच्चै सस्तो छ त? भिडियो हेरौं

भारी छुटका साथ गुणस्तरीय सामान पाइने भएपछि उपभोक्ताहरु यो मेलाप्रति आकर्षित भएका हुन् ।

दमक, २५ जेठ ।    झापाको दमकमा जारी प्रथम दमक जुत्ता चप्पल मेलामा उपभोक्ताको भिड बढ्दै गएको छ । गत जेठ १५ गतेदेखी जारी मेलामा पछिल्लो समय उपभोक्ताको आकर्षण बढ्दै गएको हो ।

मेलामा स्वदेशी ब्राण्डका जुत्ता चप्पलहरु १५ देखी ५० प्रतिशतसम्म छुटमा पाइने भएपछि उपभोक्ताहरुको उक्त मेलामा भिड बढ्दै गएको हो ।

दमकमा जारी प्रथम दमक जुत्ता चप्पल मेलामा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । दमक ८ स्थित अर्गानिक कृषि भवनको खाली हलमा गत जेठ १५ गतेबाट सुरु भएको प्रथम दमक जुत्ता चप्पल मेलामा दमकसहित आसपासका पालिकाहरुबाट उपभोक्ताहरु आउन थालेका छन् ।

भारी छुटका साथ गुणस्तरीय सामान पाइने भएपछि उपभोक्ताहरु यो मेलाप्रति आकर्षित भएका हुन् । मेलामा ६ वटा बिभिन्न ब्राण्डका जुत्ता चप्पलहरु राखिएको छ ।

बिहान ९ बजेदेखी राति ९ बजेसम्म सञ्चालन हुँदै आएको मेलामा आएका उपभोक्ताहरु मेलामा नसोचेको छुट पाएको बताउँछन् । मोरङको लक्ष्मीमार्गबाट आउँनुभएका एकजना उपभोक्ता यो मेलामा स्वदेशी उत्पादन त्यो पनि सस्तो मूल्यमा पाईने रहेछ भन्दै आफ्‌ना छरछिमेकमा पनि खबर गर्ने सुनाउँनुहुन्छ ।

स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको मेलामा उपभोक्ताहरु निराश हुनुपर्ने अवस्था नरहने स्वयम उपभोक्ताहरुलेनै बताउँने गरेका छन् । पछिल्लो समय मेलामा बिभिन्न उमेर समुहका उपभोक्ताको भिड बढ्दो क्रममा रहेको छ ।

मेलामा स्टल राखिएका कम्पनीले स्टक सक्ने किसिमले पुराना जुत्ता चप्पल नराखिएको बताएका छन् । भर्खरै उत्पादन भएका ताजा जुत्ता चप्पलनै स्टलमा राखिएको स्टलका सञ्चालहरुको भनाइ छ । मेलाको बिशेष आकर्षण भनेकै हरेक जुत्ता चप्पलमा १५ देखी ५० प्रतिशतसम्म छुट रहेको मेलाका व्यवस्थापक मात्रिका नेपालले जानकारी दिनुभयो ।

स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न यस्ता प्रकारका मेला उपयोगी हुने दमकका सामाजिक व्याक्तित्व तथा डाईनामिक पब्लिक लाईब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपानेको भनाइ छ ।

स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्‌ना उत्पादनका बारेमा जानकारी गराउने उदेश्यले मेला आयोजना गरिएको जनाईएको छ । करिब एक महिनासम्म सन्चालन हुने मेलामा १ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामा बिएफ डियरहिल सुज, फर्स्ट वाक सुज, रन सुज, स्मार्ट सुज, सु ल्याण्ड सुज, क्रसरोड ब्राण्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामाग्री उपलब्ध रहेका छन् । दमकमा जारी जुत्ता चप्पल मेलामा स्थानीयहरुले रोजगारी समेत पाएका छन् ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘आमाको शव आफैं उठायौँ, मलामी पनि भएनन्’ : बाढीले सुनसान बनाएको बेत्रावती

 नुवाकोट (बेत्रावती) , १४ भदौ । बेत्रावतीका विवश र विश्वास श्रेष्ठले बाढी आएको तेस्रो दिन घर नजिकै आमाको शव फेला पारे । ७२ वर्षीय बुबा

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे पालिका प्रमुखहरूसँग रविको छलफल

काठमाडौँ ,१४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पालिका प्रमुखसँग उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गर्नु भएको छ।आइतबार

भोटेकोशी बाढीको क्षति भयावह, ७८८ शव फेला; उद्धारमा झन्डै ८ हजार प्रहरी

काठमाडौं , भदौ १४ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज

भोटेकोशी बाढी राष्ट्रिय विपत्ति हो, विपत्तिमाथि राजनीति नगरौँ : ओली

काठमाडौं , भदौ १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन्

बाढीपीडितको उद्धारमा रास्वपा २४ घण्टा मैदानमा : प्रवक्ता खरेल

काठमाडौं , भदौ १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा

उद्धारमा विदेशी टोली परिचालन, शव व्यवस्थापनमा चुनौती

काठमाडौँ ,१४ भदौ। भोटेकोशीमा आएको बाढीको कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ ।बुधवार रसुवा भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा जिल्लासमेत प्रभावित