आशाको विकास

थोरै पुँजी, सार्थक विकास, दमक-३ का बासिन्दा भन्छन् ‘विकास हुँदैछ ’

सहरी विकास मन्त्रालयबाट ३० लाख रुपैँया बजेट प्रप्त भएपछि ठेक्का प्रकृयाद्वारा स्तरउन्नत्तीको काम भइरहेको छ ।

दमक, २६ जेठ । दमक नगरपालिकाको उत्तरी क्षेत्र अन्य वडाको तुलनामा ग्रामीण वडा हो । क्षेत्रफलको हिसावले पनि ठुलो । ग्रामीण वडा रहेकोले यहाँका थोरै ठाउँमा कालोपत्रे पुगेको छ ।

 

 

कयौ ठाउँमा अझै सडकका नया ट्रयाक समेत खोल्न बाँकी छ । ग्रावेल सडकहरुको कच्ची सडकको स्तरउन्नत्ती मात्रै हुदा पनि यस क्षेत्रका नागरीकले राहत भएको महसुस गरेका छन् ।
हिमाली मार्ग। मवा खोलाको निकासी बाटो । यहाँ बर्खामो समयमा हिड्न मुस्किल थियो ।

 

 

हिलाम्मे हुन्थ्यो । बालबालिकालाई विद्यालय पुर्याउन पनि जोखीम । साना सवारी साधन समेत चलउन कठनी यो बाटो अहिले स्तरीय ग्राविल भएको छ । दुवै तर्फ ड्रेन निर्माण भएको छ । यसले सडकमा परेको पानीलाई निकास दिएको छ । स्थानीयबासी बिमला भण्डारी भन्नु हुन्छ पहिला माटोको मात्रै सडक थियो । हिडन गाह्रो थियो । अहिले मिस्गिठी सहितको ग्रोवल गरिएको छ । सबै सहज हुदै छ ।

 

 

५ सय मिटर लम्बाईको यो सडकले यहाँको त्रीवेणी टोलबाट मावा खोला सम्मको निकासी दिन्छ । यो सडक निर्माणकालागी संघीय सरकारग वडाध्यक्ष नबिन बरालले समन्वय गर्नु भयो । त्यसपछि बजेटको व्यवस्थापन भएर अहिले यहाँका यसखाले भीत्री सडकहरु निर्माण भइरहेको वडाध्यक्ष बरालको भनाई छ ।

 

 

दुईतर्फ पम वाल हालेर ५ सय मिटरको यो बाटो बनिरहेको छ । सहरी विकास मन्त्रालयबाट ३० लाख रुपैँया बजेट प्रप्त भएपछि ठेक्का प्रकृयाद्धारा स्तरउन्नत्तीको काम भइरहेको छ । यो सडक बनेपछि यस क्षेत्रका नागरीकको आवागमन सहज हुन थालेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।