असार २ मा सिरिजात पर्व समापन

धिमाल समुदायको पहिलो डाक्टर सुजनालाई युवा प्रतिभा पुरस्कार

उर्लाबारी, २७ जेठ/ धिमाल जातिको पहिलो डाक्टर सुजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।

 

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार धिमाल समुदायको पहिलो एमबीबीएस डा. सुजनालाई प्रदान गरिने भएको हो ।

 

दमक–२, खरखरे निवासी सुजनाले गण्डकी मेडिकल कलेज पोखराबाट ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबीबीएस) उतिर्ण गर्नु भएको छ । मोरङ, झापा र सुनसरीमा बसोबास गर्ने धिमाल समुदायबाट एमबीबीएस उतिर्ण गरि समुदाय बाटै पहिलो डाक्टर हुन सफल हुनु भएकाले उहाँको प्रतिभालाई कदर गर्दै धिमाल प्रतिभा पुरस्कार २०८२ बाट सम्मान गर्ने निर्णय गरिएको पुरस्कार छनोट समिति संयोजक अजितकुमार धिमालले जानकारी दिनुभयो ।

 

हरेक वर्ष धिमाल जातिको उद्गमस्थलका रुपमा रहेको लेटाङको राजारानीमा बैशाख २ गतेबाट औपचारिक रुपमा सुरु भएको जातिरी/ सिरिजात पर्व असार २ गते धिमाल परियोजना स्थल, उर्लाबारी–३, मंगलबारेमा समापन हुनेगर्दछ । समापनमा सो पुरस्कार प्रदानसहितका कार्यक्रम आयोजना हुनेछन् ।

 

समापनका अवसरमा यो पुरस्कारबाट धिमाल समुदायबाट विशेष योगदान पुर्‍याउने एक जना युवा प्रतिभालाई सम्मान गरिदै आएको छ । पुरस्कार स्वरुप ५ हजार रुपैयाँ, प्रमाणपत्र र आल्गी धावा ओढाई सम्मान गर्ने गरिएको छ । यस अघि बडिबिल्डर विकास धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, फुटबलर रजिन धिमाल, तेक्वान्दो खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाल, नृत्याङ्गना सरस्वती धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच