सीमा सुरक्षामा चुनौती

झापामा भैंसी चोर प्रहरी खोरमा

चोरी गरेको भैंसी व्यापारीलाई बेच्दा बेच्दै प्रहरीद्वारा पक्राउ

झापा, २७जेठ | झापा जिल्लामा भैंसी चोरीको घटना सार्वजनिक भएको छ। झापा गाउँपालिका–६ निवासी १९ वर्षीय बिनोद बनियालाई स्थानीय किसानको भैंसी चोरी गरी बेच्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 

प्रहरीका अनुसार, हिजो जेठ २६ गते बिहान करिब ११:०० बजे बिनोद बनियाले सोही ठाउँका खगेन्द्र कुमार कार्कीको खेतमा चराउन राखिएको भैंसी पगाहा खोलेर चोरी गरेका थिए। त्यसपछि उनले झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका वडा नं. ६ को सिमानामा पर्ने बिरिङ खोला पुर्‍याई व्यापारीहरुलाई बोलाएर भैंसी बेच्ने प्रयास गरेका थिए।

 

 

 

तर व्यापारीहरुलाई भैंसी चोरी गरिएको हुनसक्ने शंका लागेपछि घटनाको जानकारी तत्कालै स्थानीय प्रहरीलाई दिइएको थियो। जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले बनियालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो।

 

 

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार, बनियालाई आज झापा जिल्ला अदालतमा उपस्थित गराई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि ५ दिनको म्याद लिइएको छ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको बताएको छ। यस घटनाले गाउँमा पशुपालनमा निर्भर किसानहरूको सुरक्षाप्रति चिन्ता थपिएको देखिन्छ। झापा गाउपालिका भारतसग सिमाना जोडिएको पालिका हो ।

केही समय अघि सिमा आसपासका नागरिक यसरी चौपाया चोरीको घटनाबाट आजित भएका थिए । तर पछिल्लो समय शशस्त्र प्रहरिको बिओपी स्थापना भएपछि यस्ता घटनामा न्यूनीकरण आएको थियो । तर फेरि हिजिआज यसखाले घटना हुन थालेको भन्दै स्थानीयहरु चिन्तित बन्न थालेका छन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट