गर्मीको असर

अत्यधिक गर्मीले पठनपाठनमा समस्या (भिडिओ रिपोर्ट)

समस्यालाई मध्यनजर गर्दै झापाका केही पालिकाहरुले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

 

दमक, २८ जेठ  । केही दिनदेखिको अत्यधिक गर्मीका कारण पूर्वी तराईको जनजीवन समस्यामा परेको छ । निरन्तरको चर्को घामले सबैतिरको जनजीवनमा निकै असर पुगेकाे छ ।

खासगरी विद्यालय जाने बालबालिकालाई गर्मीले थप असर गरेको छ । यही समस्यालाई मध्यनजर गर्दै झापाका केही पालिकाहरुले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । सोही बमोजिम पठनपाठन स्थगित गरिएको छ ।

 

 

 

दमक नगरपालिकाले पनि नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने बुधबार निर्णय गरेको छ । दमक नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिए अनुसार जेठ २९ र ३० गते विद्यालयहरू बन्द रहनेछन् । तर, केही दिन यता विद्यालयमा विद्यार्थीहरुलाई परेको समस्या अधिक छ । विद्यार्थीहरुले कक्षा कोठामा बसेर पढ्न समस्या भएको प्रतिक्रिया दिएका छन् । तर केही विद्यालयहरुमा भने कक्षाकोठामा सिलिङ पङ्खा र पर्याप्त पिउने पानीको समस्याका कारण गर्मीले पढ्न नसक्ने अवस्था भएको हो ।

 

 

बिगत केही दिन यता बढेको गर्मीका कारण विद्यार्थीहरुमा टाउको दुख्ने, चक्कर लाग्ने र कमजोरी हुने जस्ता समस्या लिएर आफू कहाँ आउने गरेको दमक ९ स्थित सरस्वती माध्यमिक विद्यालयमा विद्यालय नर्सका रुपमा कार्यरत सीता अधिकारी बताउनुहुन्छ । प्रकृति आफूहरुको बसको विषय नरहेको तर विद्यालयका प्रत्येक कक्षामा पङ्खा र पर्याप्त पिउने पानीको व्यवस्थापन गरेर पढाईलाई निरन्तरता दिएको दमक ५ स्थित दीपिनी आधारभूत बिद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलाको भनाइ छ ।

 

 

 

एकातर्फ समयमै पाठ्यक्रम सक्नुपर्ने विद्यालयको बाध्यता, अर्कोतर्फ गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्य समस्या । यस्तोमा विद्यालयले बैकल्पिक उपायका रुपमा बिहानी कक्षा सञ्चालन र अन्य समयमा गरिने विद्यालय बिदा कटौति गर्दै विद्यार्थीहरुको नियमित पठनपाठन गराउने उपाय उत्तम हुने देखिन्छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच