काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

पत्रकार दिलभूषणको पक्राउ पुर्जी विरुद्धमा पत्रकारहरु

पत्रकारको समाचारमाथि चित्त नबुझेमा प्रेस काउन्सिलमाथि उजुरी गर्ने कानुनी व्यवस्था विरुद्धमा अदालत

दमक, २८ जेठ / समाचारको विषयलाई लिएर पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न पुर्जी जारी गरेको घटनाको विरुद्धमा देशभरका पत्रकारहरुले विरोध जनाएका छन् ।

 

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समेत घटनाको विरोध गरेको छ । काठमाडौं जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि भोटाहिटीस्थित साइबर ब्युरोबाट प्रहरीको एउटा टोली पाठकलाई पक्राउ गर्न बुधबार दिउँसो पाठकको घरसम्मै पुगेको थियो ।
मोबाइल फोनसमेत बन्द गरेर बसेका पाठकलाई प्रहरीले घरमा भने भेट्टाएन । घरमा नभेट्टाएपछि प्रहरीको टोली फर्किएको थियो ।

 

 

पत्रकार पाठकले समाचार प्रकाशित गरेकै कारण सरकारले जबर्जस्ती गर्न खोजेको बताउनु भएको छ । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै पत्रकार पाठकले प्रेस काउन्सिल नेपालमा निवेदन दिँदै आफूलाई विद्युतीय अपराध ऐन आकर्षित गरेर कारबाही गर्न खोजिएकाले गम्भीर आशंका उब्जिएको बताउनु भएको छ । पत्रकारहरुले पत्रकारको समाचारमाथि चित्त नबुझेमा प्रेस काउन्सिलमाथि उजुरी गर्ने कानुनी व्यवस्था विरुद्ध फौजदारी अपराध गरेसरह पक्राउ पूर्जी जारी गर्नु गैरकानुनी कार्य भएको भन्दै घोर भत्र्सना गरेका छन् ।

 

पाठकलले आफूद्वारा सञ्चालित युट्युब च्यालनमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवापुत्र जयवीरको लगानी तथा कारोबारबारे एउटा भिडियो कन्टेन्ट बनाउनु भएको थियो । नक्सालस्थित हिल्टन होटलमा जयवीरको लगानी रहेको दाबीसहित बनाइएको कन्टेन्टलाई लिएर पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।