दमक २८ जेठ | नेपालका लागी चीनीया राजदुत जेन सोङले आज झापामा बन्ने भीएको नेपाल चीन औद्योगीक पार्कको स्थलगत अवलोकन गर्नु भएको छ । पार्कका नेपाल तर्फका अध्यक्ष गोविन्द थापाको सकृयतामा राजदुत सोङलाई पार्कको सिलान्यास स्थलको निरिक्षण गराइएको हो ।
कमल स्थित पाडाजुङीमा स्थानीयबासी, स्थानीय तहका जनप्रतिनिधी, विभिन्न राजनैतिक दलका प्रतिनिधी, प्रदेश सांसद लगायतले फूलगुच्छा सहित माला लगाएर राजदुतलाई स्वागत तथा सम्मान गरेका थिए । यस्तै सिलान्यास स्थलमा स्थानीय किरात समुदायले ढोल तथा झ्याम्टा बजाउँदै उल्लासका साथ स्वागत गरे ।
त्यसपछि राजदुत सोङ सिलान्यास गरिएको स्थल तर्फ लाग्नु भयो । सामुहीक तथा व्यक्तिगत फोटो सेसन पछि पार्कका अध्यक्ष थापाले रतुवा नदिको पुल माथी उभ्याएर पार्कको निर्माणाधीन क्षेत्रको दृश्यालोकन गराउँदै अहिलेको अवस्था र यसको पृष्ठभूमि बारे जानकारी गराउनु भएको थियो ।
जानकारी गराउने क्रममा यहाँ पार्क बन्नका लागि चीनले गर्ने भनिएको लगानी नेपाल सरकारले स्विकृत गरिसकेको र पछिल्लो पटक बि आर आई अन्तर्गत काम अघि बढाउन नेपाल र चीन बिच सम्झौता समेत भइसकेको उहाँले स्मरण गराउनु भएको थियो । उहाँले पार्क निर्माणका लागी पि डि ए गर्न बाँकी रहेको र त्यसका लागीपनि काम भइरहेको उहाँले बताउनु भयो ।
आन्तरीक समस्याका कारणले पिडिए गर्ने काम रोकिएको र त्यो समस्याको समाधान भइसकेकोले अव स्थानीयको चाहना अनुसार काम चाँडै अघी बढ्ने थापाको आश्वाषन छ ।
२०७७ साल फागुनमा तत्कालीन र अहिलेका पनि प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ औद्योगीक पार्क बनाउन भनेर सिलान्यास गर्नु भएको थियो । सिलान्यास भएको ४ वर्ष बितिसकेको छ ।









