बढ्दै कृषि यान्त्रिकरण

भद्रपुरका किसानले पाए दुइटा राइस ट्रान्सप्लाल्टर

कृषि यान्त्रिकरणका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको वजेटमा ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमा कोशी प्रदेश सरकारले ४० लाख थपिदियो ।

भद्रपुर, २९ जेठ । भद्रपुर नगर क्षेत्रका किसानले अव भाडाको राइस ट्रान्सप्लान्टर ( धान रोप्ने मेसिन) खोज्दै भौतारिनु पर्ने छैन ।

अघिल्ला वर्षहरुमा यहाँका केही किसानले मेचीनगरमा कार्यालय रहेको नेपाल वहुउद्देश्यीय सहकारी ( एनएमसी) बाट भाडामा राइस ट्रान्सप्लान्टर ल्याएर धान रोप्नुपथ्र्यो । यसरी भाडामा मेसिन खोज्दा उनीहरुले भनेको समयमा र सोचेजसरी धान रोप्न पाउँदैनथे ।
यो वर्षदेखि भने ती किसान ढुक्क छन् । भद्रपुर–१ मा रहेको पुष्पाञ्जली महिला कृषक सहकारीका सदस्य राजु भट्टराई भन्नुहुन्छ — ‘ अव हामी हाम्रो नगर क्षेत्रका किसानको धान अन्यत्रको भन्दा सस्तोमा रोपिदिन तयार छौंं ।’

यो वर्ष भद्रपुर नगरपालिकाले उपलव्ध गराएको दुइटा राइस ट्रान्सप्लान्टरमध्ये एउटा पुष्पाञ्जलीले पाएको छ । त्यस सहकारीका सदस्यहरुले केही वर्षयता कृषि उत्पादनलाई निकै बढावा दिएका छन् । गत वर्ष पनि त्यहाँका किसानले करिव २० विघा खेतमा एनएनसीबाट मेसिन भाडामा ल्याएरै भए पनि धान रोपेका थिए । यो वर्ष सय विघा हाराहारी खेतमा मेसिन लगाउने योजना रहेको भट्टराई बताउनुहून्छ ।

अर्को राइसट्रान्सप्लान्टर नेपाल वहुउद्देश्यीय सहकारीले नै पाएको छ । मेचीनगरमा आफ्नै ‘कस्टम हाइरिङ सेन्टर’ रहेको सो संस्थाले जिल्लाभरका किसानलाई यान्त्रिकरण सुविधा दिंदै आएको छ । यसका लागि कृषि ज्ञान केन्द्रमार्फत किसानले ५० प्रतिशत अनुदान पनि पाउँछन् । जस्तै ः एक विघामा मेसिनले धान रोप्दा लाग्ने १० हजार रुपैयाँमध्ये ५ हजार कृषि ज्ञान केन्द्रमार्फत् किसानले सिधै अनुदान पाउँछन् । ज्ञान केन्द्रले यो सुविधा झापाभरिका किसानलाई दिंदै आएको छ ।

‘हामी हाम्रा सदस्यमात्र होइन, सबै किसानलाई समान व्यवहार गर्छौं’–एनएमसीको कृषि फार्म उपसमितिका संयोजक हीरा पोखरेलको दाबी छ ।
कृषि यान्त्रिकरणका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको वजेटमा ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमा कोशी प्रदेश सरकारले ४० लाख थपिदियो । त्यति बजेटबाट दुइटा राइस ट्रान्सप्लान्टर र १६ हजार थान धानको व्याड राख्ने ट्रे खरिद गरिएको नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो ।

नगरपालिकाको ७५ प्रतिशत अनुदान र कृषियन्त्र प्राप्त गर्ने संस्थाको २५ प्रतिशत लागत साझेदारीमा राइस ट्रान्सप्लान्टर वितरण गरिएको कृषि शाखा प्रमुख हेमराज पन्तले जानकारी दिनुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति