हरियाली प्रवर्द्धन

८० हजार बिरुवा वितरण गर्दै वन कार्यालय

बोटबिरुवा निःशुल्क पाएपछि वन चोरी निकासीमा समेत कमी आएको छ ।

उर्लाबारी, ३० जेठ ।  सव डिभिजन वन कार्यालय उर्लावारी मंगलवारेद्वारा वर्षेनी निःशुल्क रुपमा विरुवा वितरण गर्ने क्रममा चालु आर्थिक वर्षमा ८० हजार बिरुवा वितरण गरिने भएको छ ।

 

चालु आर्थिक वर्षमा वहुवर्षीय बिरुवा ७० हजार र एक वर्षीय १० हजार गरी ८० हजार बिरुवा विभिन्न निकायलाई वितरण गरिने लक्ष्य रहेको सव डिभिजन वन कार्यालय उर्लावारी मंगलवारेका वन अधिकृत एकराज दाहालले जानकारी दिनुभयो । साझेदारी वन, सामुदायिक वनहरु, पालिका, वडा कार्यालय, विद्यालय, निजी जग्गा र छिमेकी पालिकाहरुमा समेत विरुवा वितरण गरिने छ । जसमा काठजन्य, फलजन्य, डालेघाँस, जडिवुटी र सौन्दर्यवद्र्धक बिरुवा रहेका छन् । काठजन्यमा सिरिष, अर्जुन, खमारी, मसला, टिक, सतिसाल, सखुवा रहेका छन् । फलजन्यमा जामुन, अम्वा, कागती, कटहर रहेका छन् भने डालेघाँस तर्फ कटहर लटहर, बडहर, किम्वु, भटमासे रहेका छन् । जडिवुटी तर्फ हर्रो, वर्रो, अमला, तेजपात तथा सौन्दर्यवद्र्धक बिरुवामा गोल्डमोहर, विरेन्द्र फूल, कल्की र अशोक रहेकाछन् ।

 

 

विगत लामो समयदेखि निःशुल्क रुपमा बिरुवा वितरण गर्दै जाँदा वन जंगलसंग पहुँच नपुग्ने सीमा क्षेत्रका समुदायले समेत आफ्‌नै निजी जग्गामा बोटबिरुवा लगाउँदै आएका छन् । आफ्‌नो आवश्यकता आफूले लगाएका बोटबिरुवाबाट पुरा गर्ने वातावरण बन्दै गएकाले जंगलको रुख चोरी निकासीमा समेत कमी आएको वन रक्षक सुवेदार टंक विकको भनाई छ ।

 

उर्लावारी नगरका ८ वटा सामुदायिक वन, ९ वटा वडा र रतुवामाईका ८, ९ र १० नम्बर वडा तथा पथरी शनिश्चरे साझेदारी वनको कार्य क्षेत्र हेर्ने जिम्मेवारी सव डिभिजन वन कार्यालय उर्लावारी मंगलवारेलाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर