कोशी प्रदेशकाे आर्थिक सर्भेक्षण

प्रदेशको तीन दशमलव तीन प्रतिशतले आर्थिक वृद्धि

प्रतिव्यक्ति आम्दानी एक हजार ४०१ अमेरिकी डलर

विराटनगर, ३० जेठ  । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस भएको छ । जसबाट प्रदेशको आन्तरिक राजस्व उत्साहजनक नरहेको तथ्य उजागर भएको छ ।

 

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सो सर्वेक्षण विवरण प्रस्तुत गर्दै प्रदेशको आन्तरिक राजस्व उत्साहजनक नरहेको बताउनुभयो । उहाँले गत चैत मसान्तसम्म ११ अर्ब ११ करोड पाँच लाख राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । यसैगरी, संघीय अनुदानको जम्मा नौ अर्ब एक करोड वार्षिक लक्ष्यमा ६२ प्रतिशत निकासा प्राप्त भएको जानकारी दिँदै मन्त्री मगरले प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव तीन प्रतिशत र प्रतिव्यक्ति आम्दानी एक हजार ४०१ अमेरिकी डलर रहेको बताउनुभयो ।

 

उहाँले प्रदेशको आर्थिक क्रियाकलापमा कृषिको ३४ दशमलव चार प्रतिशत र औद्योगिक क्षेत्रको १६ दशमलव शून्य तीन प्रतिशत योगदान रहेको उल्लेख गर्नुभयो ।

 

प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपरान्ह ३ बजे बस्ने र सो बैठकले आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर