दमक, ३० जेठ / दमक ५ स्थित दीपिनी मार्गमा घर घरबाट नालामा ढल जडान गर्न २ महिना अघिबाट सडक भत्काएर पाइप विछ्याएपनि पुन कालोपत्रे नगरिँदा स्थानीय धुलोले हैरान छन् ।

सडक कालोपत्रेको प्रक्रिया थाल्ने भन्दै सडकको धुलो उडाउने क्रममा उडेको माटो फुटपाथमा थुपारिदिएपछि त्यसलाई उठाएर स्थानीयवासीले सफा गरेका छन् ।
सडकले आफ्ना घर र पसल अगाडि माटो थुपारिदिएर नउठाइ गएपछि धुलोको थप हैरानी भई सफा गर्नुपरेको स्थानीय व्यवसायी घनेन्द्र पाठकले जनाउनु भयो ।

तर सडक कालोपत्रेको काम अझै नथालिँदा स्थानीयमा हैरानी कायम छ । धुलोका कारण केही पसलहरु त बन्द छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट ठेक्काको जिम्मा दिएको श्री जेएससी स्वामिनारायण आशिर्वाद जेभीले दु्रत गतिमा ह्यूम पाइप विछ्याएर कालोपत्रे गर्न प्रतिवद्धता जनाएको भएपनि २० दिनसम्ममा पनि प्रक्रिया सुरु नगरेपछि जेठ २७ बाट स्थानीयले पुनः सडकमा ढाट लगाएका छन् ।










