कृषि, पर्यटन र पूर्वाधारमा सहकार्यको जोड

कोशी प्रदेशका मुख्यमन्त्री र चीनका राजदूतबीचको भेटवार्तामा केके भयो?

किमाथांका-जोगबनी सडकको विषयमा जोड दिँदै सो पूर्वाधारले नेपाल–चीन सम्बन्ध मात्र होइन, प्रदेशको समग्र आर्थिक तथा पर्यटन विकासमा योगदान पुर्‍याउने उल्लेख

विराटनगर, जेठ ३१ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि चीनका राजदूत चेन सोंगबीच विराटनगरमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

 

 

 

प्रदेश राजधानीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा दुई देशबीच आपसी हितका विषयमा कुराकानी भएको थियो।

 

 

 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले वर्तमानमा अघि बढाइरहेको योजनाहरुका बारेमा जानकारी दिँदै कृषि, पर्यटन र सूचना प्रविधिका क्षेत्रमा सहकार्यको प्रस्ताव राख्नुभयो। उहाँले विशेषगरी किमाथांका-जोगबनी सडकको विषयमा जोड दिँदै सो पूर्वाधारले नेपाल–चीन सम्बन्ध मात्र होइन, प्रदेशको समग्र आर्थिक तथा पर्यटन विकासमा योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

 

 

 

चीनका राजदूत सोंगले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरयुक्त उत्पादनतर्फ अघि बढ्न सकिने सुझाव दिनुभयो। उहाँले बजार विस्तारको सम्भावना औंल्याउँदै कृषिमा बजारीकरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

 

 

 

किमाथांका–जोगबनी सडक परियोजनाको सन्दर्भमा चीनतर्फको निर्माण कार्य सम्पन्न भइसकेको र नेपालतर्फ काम ढिलाइ भइरहेको विषयमा पनि उहाँले चासो व्यक्त गर्नुभयो।
राजदूत सोंग केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा हुनुहुन्छ। भ्रमणका क्रममा उहाँले इलामसहित विभिन्न जिल्लामा चीन सरकारले सञ्चालन गरिरहेका सहयोगका कार्यक्रमहरूको अवलोकन गर्नुभएको छ।

 

 

 

यस भेटघाटले कोशी प्रदेश र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति