स्वास्थ्य बीमाको पहुँचमा

बाह्रदशी गाउँपालिकाद्वारा १९३६ परिवारको स्वास्थ्य बीमा, कुन वडाबाट कति?

कार्यक्रम कार्यान्वयनका लागि पालिकाको करिब ६७ लाख ७६ हजार रुपैयाँ खर्च

झापा | ३० जेठ | बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा अति विपन्न, अपाङ्ग, सन्थाल र मुस्लिम समुदायलाई लक्षित गर्दै १९३६ परिवारलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याएको छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार उक्त कार्यक्रमअन्तर्गत कुल ९ हजार ६८० जनाले स्वास्थ्य बीमामा सहभागिता जनाएका छन्। कार्यक्रम कार्यान्वयनका लागि पालिकाले करिब ६७ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ।

वडागत विवरण हेर्नुहोस |-
-वडा नं १ मा १३५ परिवार
-वडा नं २ मा ४५७ परिवार
-वडा नं ३ मा ३४६ परिवार
-वडा नं ४ मा १७० परिवार
-वडा नं ५ मा ३५० परिवार
-वडा नं ६ मा २६५ परिवार
-वडा नं ७ मा २१३ परिवार

स्थानीय तहबाट सञ्चालित यो कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर समुदायको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण टेवा पुर्‍याएको छ। सामाजिक न्याय, समावेशिता र आधारभूत सेवाको पहुँच विस्तारमा यो पहल उदाहरणीय भएको स्थानीयवासीहरूले बताएका छन्।

स्वास्थ्य बीमा कार्यक्रमले भविष्यमा विपन्न नागरिकलाई उपचार खर्चमा पर्ने आर्थिक बोझ न्यूनीकरण गर्दै दीर्घकालीन रूपमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर