ओलीको गृहजिल्लामा प्रचण्डको इन्ट्री

झापामा प्रचण्ड किन आउदै हुनुहुन्छ ?

प्रधानमन्त्रीको चुनावी क्षेत्रमै प्रमुख प्रतिपक्षी दलका नेताले कार्यक्रम उद्घाटन गर्नु राजनीतिक दृष्टिले पनि विशेष महत्व रहेकाे वताइएकाे छ ।

कमल, ३० जेठ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार झापामा आयोजना हुने संयुक्त जातीय मोर्चाहरूको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न झापा आउँदै हुनुहुन्छ ।

कमल गाउँपालिका–५ स्थित रिभर भ्यू पार्टी प्यालेसमा दिनको १२:४५ बजे हुने कार्यक्रममा प्रचण्डले उद्घाटन मन्तव्य दिने कार्यक्रम तय भएको छ।

झनै रोचक पक्ष के छ भने प्रचण्ड उपस्थित हुने स्थान वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ।

पछिल्ला केही महिनादेखि झापाका विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागीता जनाइरहनु भएका प्रचण्डले यसपटक पनि आफ्नो उपस्थितिमार्फत झापा र कोशी प्रदेशमा राजनीतिक सन्देश दिन सक्ने आँकलन गरिएको छ।

सम्मेलनमा विभिन्न जातीय मोर्चाहरूको सहभागिता रहने बताइएको छ भने समावेशीता, समानता र पहिचानको विषयमा गहन बहस हुने आयोजकले जनाएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्रीको चुनावी क्षेत्रमै प्रमुख प्रतिपक्षी दलका नेताले कार्यक्रम उद्घाटन गर्नु राजनीतिक दृष्टिले पनि विशेष महत्व राख्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।