गर्मी गलाउने उपाय खोज्दै

दमकका इलेक्ट्रोनिक पसहलरुमा उपभोक्ताको भिड (भिडिओ रिपोर्ट)

अन्य व्यवसायमा मन्दी देखिए पनि इलेक्ट्रोनिक्स पसलहरु भने चलायमान छन् ।

दमक, ३१ जेठ | देशको तराई क्षेत्र अहिले अत्याधिक गर्मीको चपेटामा परेको छ । व्यापार व्यवसाय ठप्प जस्तै छ । अन्य व्यवसायमा मन्दी देखिए पनि इलेक्ट्रोनिक्स पसलहरु भने चलायमान छन् ।

 

 

पछिल्लो केही दिनयता तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन असरग्रस्त बनेको छ । गर्मीका कारण बजार, शैक्षिक संस्था तथा सरकारी कार्यालयको नियमित कामकाजमा समेत असर परेको छ । दमक लगायतका स्थानमा दिउँसोको समयमा सडकहरु सुनसान देखिन्छन् भने सर्वसाधारणको चहलपहलमा समेत कमी आएको छ ।

 

गर्मीका कारण अधिकांश शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । उता, अन्य व्यवसायमा मन्दी देखिए पनि इलेक्ट्रोनिक्स पसलहरु भने चलायमान छन् । गर्मी बढेकाले चार्जिङ गरेर चलाउन मिल्ने मिनी फेन र ठूला कुलरहरुको व्यापार निकै बढेको छ ।

 

 

विद्युत कटौतीको समस्या भएकाले रिचार्जेबल फेनको बिक्री उल्लेख्य मात्रामा भएको व्यवसायीको प्रतिक्रिय छ । दमक–६ स्थित अरुण इन्टरप्राइजेजका कर्मचारी राजु भण्डारी गर्मी बढेपछि फेन र कुलर किन्ने उपभोक्ताको भिड बढेको बताउनुहुन्छ ।

 

दमक–७ मा रहेको श्याम इलेक्ट्रोनिक्सका सञ्चालक श्याम सोनी पनि पछिल्लो दिनमा व्यापारमा उल्लेखनीय वृद्धि भएको बताउनुहुन्छ ।

 

 

मौसमविद्हरूका अनुसार तराई क्षेत्रमा यस्तो गर्मी अवस्था अझै १÷२ हप्ता रहने पूर्वानुमान गरिएको छ । यसले गर्दा व्यवसायीहरुले फेन, ए.सी र कुलरजस्ता सामग्रीको व्यापार अझै बढ्ने अपेक्षा राखेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिपत्त व्यवस्थापन समितीले प्रधानमन्त्रीलाई के बृफिङ गर्दैछन?

काठमाडौ , १० भदौ। रसुवामा बुधबार बिहान गएको बाढीका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबार स्थित

बिर्तामोडमा न्वारानको भोज खाँदा दर्जनभन्दा बढी बिरामी

बिर्तामोड,१० भदौ । झापाको बिर्तामोड नगरपालिका–९ मा न्वारानको भोज खाएका ठूलो संख्याका स्थानीय बिरामी परेका छन्। स्थानीय रामकुमार श्रेष्ठको नातिनीको न्वारान भोजमा सहभागी भएका पाहुनाहरूमा

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं,१० भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा

ठूलो मानवीय क्षतिको आशंका, तटीय क्षेत्रमा उच्च सतर्क रहन अपिल

काठमाडौं , १० भदौ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति

उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं ,१० भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताउनु भएको छ ।बुधबार