सीप विकासमा पालिका

अर्ग्यानिक धुप र परालको चप्पल बनाउने तालिम

उद्यमशीलताको नयाँ ढोका खुल्दै

गौरादह, ३१ जेठ / गौरादह नगरपालिका १ स्थित सभाहलमा १५ दिने ‘बाटेको अर्ग्यानिक एण्टी ब्याक्टेरियल धुप र परालको चप्पल उत्पादन, बजारीकरण तथा ब्राण्डिङ’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।

 

नगरपालिकाको आर्थिक सहयोगमा दिब्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न कमलले सञ्चालन गरेको तालिमले महिला तथा स्थानीय समुदायमा आत्मनिर्भरता र साना उद्योमी बन्न चाहानेप्रति उत्साह बढाएको छ ।

 

कार्यक्रमकी प्रमुख अतिथि गौरादह नगरपालिकाका उपप्रमुख जलवर्षा राजवंसीले नगरले उत्पादनमुखी तालिमहरूलाई प्राथमिकतामा राखेको र यस्ता प्रयासहरूले रोजगारी सिर्जना र स्वदेशमै आत्मनिर्भरता सम्भव हुने बताउनु भयो । उहाँले यस प्रकारका कार्यक्रम धेरै भए पनि यो कार्यक्रम प्रभावकारी देखिने विश्वास व्यक्त गर्नु भयो ।

 

कार्यक्रममा दिब्यदृष्टि भेनेरेसन तथा पाभीभरा हेल्थ एन्ड वेलनेश फाउण्डेसनका अध्यक्ष विष्णुप्रसाद पोखरेलले तालिमको उद्देश्य, महत्व र सहभागीहरूद्वारा बनाइएका सामग्रीबारे विस्तृत जानकारी दिनुभयो । सहभागीहरूलाई उत्पादनपछि बजारीकरणमा सहजीकरण गरिने पनि जानकारी दिनुभयो । स्वास्थ्य जीवनका लागि अर्ग्यानिक तथा एण्टी ब्याक्टोरियल धुप उत्पादनमा आफुहरु लागेको र दिब्यदृष्टि ब्राण्डको धुप बजारमा ल्याएको पोखरेलले प्रष्ट्याउनु भयो ।

 

कार्यक्रमको समापनमा गौरादह नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख वविता तुम्बापो र वडा सदस्य अञ्जु निरौलाले सहभागीहरूलाई आगामी दिनमा निरन्तर उत्पादन गरेर व्यवसायिक यात्रामा लाग्न प्रेरणा दिदै आगामी दिनमा सो कार्यक्रमलाई निरन्तरता दिने जनाउनु भएको थियो ।

 

प्रमुख प्रशिक्षक समेत रहेकी दिब्यदृष्टिकी सञ्चालक एवम् कार्यकारी प्रमुख वविता तिम्सिनाले तालिमले महिलाहरुको उद्यमशीलताको जग बसाउन ठूलो टेवा पुर्‍याउने वताउनु भयो । तालिममा सहभागीले चाख मानेर सीप सिकेका थिए ।

 

तालिममा सहभागीहरूलाई बीउ पुँजीस्वरूप आवश्यक धुप बनाउन चाहिने सामग्री र ब्राण्डिङ सामग्री प्रदान गरिएको छ ।
१५ दिनको अवधिमा स्थानीय स्रोत साधनको सदुपयोग गरी नयाँ उत्पादनको सम्भावना उजागर हुनुका साथै बजारसम्म पु–याउने सीप सिकाइएको आयोजकको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति