संस्कारको प्रवर्द्धनमा एकता

दमकको बेलडाँगी र अमेरिकामा एकसाथ विश्व शान्ति महायज्ञको तयारी

जहाँ जहाँ भुटानीहरु पुगेका छन् ती देश र माटोको पनि सम्मानस्वरुप अनुष्ठानको आयोजना ।

दमक, ३१ जेठ/ आउँदो साउन १ देखि ७ गतेसम्म झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी र अमेरिकामा एकैसाथ ’विश्व शान्ति ज्ञानमहायज्ञ २०२५’ हुने भएको छ ।

 

विश्व भुटानी हिन्दू संगठन र सनातन हिन्दू समाज बेलडाँगीको संयुक्त पहलमा सम्पूर्ण भूटानीहरुलाई सहभागी गराइ भूटानी आन्दोलनमा ज्यान गुमाएका सहिद ,बेपत्ता र शिविरमा अकालमा मृत्युवरण गरेकाहरुको सम्मान र श्रद्धा अर्पण गर्दै शान्तिको कामनामा महायज्ञ हुने भएको हो । सबै ठाउँमा जहाँ जहाँ भुटानीहरु पुगेका छन् ती देश र माटोलाई पनि सम्मान स्वरुप अनुष्ठानको आयोजना भएको बेलडाँगीका दिल भुटानीले जनाउनु भयो ।

 

यसै उद्धेश्यलाई पुरा गर्न अमेरिकाबाट हाल नेपाल आउनु भएका विश्व भुटानी हिन्दु संगठनका अध्यक्ष कमल धिमाल खल्तिपीडितसहितको टोलीले स्थानीयसंग छलफल गरेको छ । यसक्रममा टोलीले बेलडाँगीका साथै मोरङको पथरी शनिश्चरे शिविरमा भेटघाट गरेको छ ।

 

संगठनका अध्यक्ष खल्तिपीडितको अगुवाईमा अमेरिकामा सांस्कृतिक धाम निर्माणको अभियान अघि बढेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा