आगामी बजेट ३६/३७ अर्बको आउन सक्ने

बजेटको आकार घट्नुको कारणबारे काेशी प्रदेशका मुख्यमन्त्रीकाे यस्ताे दाबी

श्रोत व्यवस्थापनमा चुनौती रहँदा केन्द्र सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख

गौरादह,  जेठ ३१ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रोत खुम्चिएको कारण प्रदेशको बजेटको आकार प्रत्येक वर्ष घट्दो रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०७५ / ७६ मा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको भएपनि अहिले ३६/ ३७ अर्बको मात्रै ल्याउनुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

 

शनिबार  झापाको गौरदह क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँले संघीय सरकारले केही श्रोतहरु अहिले रोकेको चर्चा गर्दै आगामी बजेट ३६/३७ अर्बको आउन सक्ने बताउनुभयो।

मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ तर वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ।’

मुख्यमन्त्रीले बजेट तयारीको अन्तिम चरण सकिएको र भोलि प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिने जानकारी पनि दिनुभयो। उहाँले श्रोत व्यवस्थापनमा चुनौती रहँदा केन्द्र सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो, “कतिपय श्रोतमा केन्द्र सरकारले कानुन बनाएर अधिकार दिन बाँकी छ, कतिपय श्रोत बन्द नै गरिएको छ।”

 

प्रदेश सरकारको बजेटले शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने तयारी गरेको छ। सीमित स्रोतका कारण अपेक्षा अनुसारको बजेट ल्याउन कठिनाइ भएको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

गौरदह को विकासमा महत्वपूर्ण भूमिका खेलेको सो क्याम्पस को विविध पक्षबारे पनि मुख्यमन्त्रीले चर्चा गर्नुभयो। उहाँले क्याम्पसको स्तरउन्नति र भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुख्यमन्त्री कार्कीले सो अवसरमा क्याम्पसबाट विदाई हुन लाग्नुभएका शिक्षकहरू आगामी दिनको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति