कोसी अस्पताल

अक्सिजन प्लान्ट बनेपछि कोसी अस्पताललाई मासिक १० लाख बचत  

 

 

 

विराटनगर । अक्सिजन प्लान्ट स्थापना भएपछि कोसी अस्पताललाई मासिक १० लाख रुपैयाँ बराबर रकम बचत हुन थालेको छ ।

कोसी अस्पतालले निजी क्षेत्रसँग दैनिक २ सय सिलिण्डर अक्सिजन खरिद गर्दै आएकोमा पुस महिना यता अक्सिजन ग्यास खरिद गरेको छैन । अस्पताललाई चाहिने अक्सिजन आफ्नै प्लान्टबाट उत्पादन हुन थालेपछि अक्सिजन खरिदमा हुँदै आएको दैनिक ५० हजार रुपैयाँ बराबरको रकम बचत भएको हो ।

कोसी अस्पतालमा विभिन्न दातृ संस्थाहरुले तीन वटा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएका छन् । तीनवटा प्लान्ट सञ्चालन हुँदा दैनिक ३ सय सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्न सकिने अस्पतालले जनाएको छ । अहिले दुई वटा प्लान्ट सञ्चालन गर्दा आवश्यक अक्सिजन उत्पादन भइरहेको छ ।

अक्सिजन प्लान्ट राख्नका लागि कोसी अस्पतालले १२ लाख रुपैयाँका लागतमा भवन लगायत आवश्यक पूर्वाधार निर्माण गरेको थियो भने यन्त्र उपकरणहरु दातृ संस्थाले उपलब्ध गराएको अस्पतालले जनाएको छ । युएसआइडी एसयुपी हेटिक नेपाल, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र सुजी फाउण्डेसन तथा नेपाल मेडिकल एशोसिएसनको सहयोगमा अक्सिजनका तीनवटा प्लान्ट स्थापना गरिएका छन् । तीन वटा प्लान्ट मध्ये दुई वटा प्लान्टले हावाबाट छानेर अक्सिजन उत्पादन गर्छ भने एउटा लिक्वीडबाट अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिएको अक्सिजन प्लान्ट हेर्ने अस्पतालका कर्मचारी बद्री बस्नेतले जानकारी दिए ।

लिक्वीडबाट अक्सिजन उत्पादन गर्ने प्लान्टले एक पटक लिक्वीड भरेपछि ४८ लिटर क्षमताको २२ सय सिलिण्डर अक्सिजन उत्पादन गर्छ । लिक्वीडबाट उत्पादन भएको अक्सिजन पाइपलाइन मार्फत बिरामीको बेडसम्म लगिएको छ । एक पटक लिक्वीड भर्न करिव ४ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

कोसी अस्पतालले अक्सिजन खरिदमा मासिक १४ लाख रुपैयाँ बढी रकम खर्च गर्दै आएकोमा पुस महिना यता अक्सिजन खरिद गरेको छैन । लिक्वीडमा मासिक ४ लाख रुपैयाँ खर्च गर्दा प्लान्ट स्थापना भएपछि मासिक १० लाख रुपैयाँ बचत भएको हो ।

अक्सिजन प्लान्टका लागि अस्पतालले पुरानै जनशक्ति परिचालन गरेका कारण अतिरिक्त आर्थिक भारसमेत नपरेको र लिक्वीड प्लान्ट सञ्चालन गर्न दातृ संस्थाले नै एकजना कर्मचारी दिएका कारण अस्पताललाई अतिरिक्त आर्थिक दायित्व नभएको बस्नेतले जानकारी दिए ।

सालनालबाट ग्यास उत्पादन, छैन सदुपयोग

कोसी अस्पतालमा दैनिक हुने प्रसुतीका क्रममा उत्पन्न हुने सालनाल सदुपयोग गरेर ग्यास उत्पादन गर्न थालिएको छ । उर्जा मन्त्रालयको सहयोगमा भगवती गोबरग्यास कम्पनीले निर्माण गरेको ५० घन मिटर क्षमताको ग्यास प्लान्टबाट ग्यास उत्पादन सुरु भएको छ । तर, उत्पादन भएको बायो ग्यासको प्रयोगका सम्बन्धमा भने अस्पतालले निर्णय नलिएका कारण सदुपयोग हुन सकेको छैन । उत्पादित बायो ग्यास अहिले त्यतिकै खेर गइरहेको छ ।

सालनाल र बिरामी तथा कुरुवाले फालेका खानेकुरा संकलन गरेर ग्यास प्लान्टमा दैनिक हाल्ने गरिएको छ । प्लान्टबाट उत्पादित ग्यासको सफल परीक्षण भइसकेको र त्यसको प्रयोगका सम्बन्धमा अस्पतालले निर्णय लिने प्रकृया बढेको प्लान्ट सम्बन्धी योजना हेर्दै आएका कर्मचारी हरी सुवेदीले जानकारी दिएका छन् ।

प्लान्टबाट उत्पादित ग्यास सदुपयोग वा बिक्री गरेर अस्पतालले आर्जन गर्न सक्ने भएपनि अहिले ग्यास प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक कच्चा पदार्थ अपुग रहेको उनले बताए । बायो ग्यास प्लान्ट निर्माण गर्न कोसी अस्पतालले ५ लाख रुपैयाँ लागत सहभागिता जनाएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य