दीपिनी मार्गमा कालोपत्रे सुरु (फलोअप समाचार)

दमक, २ असार / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि सडक कालोपत्रे कार्य अघि बढेको छ ।

 

घर घरबाट नालामा ढल जडान गर्न २ महिना अघिबाट सडक भत्काएर पाइप विछ्याएपनि पुन कालोपत्रे नगरिँदा स्थानीय धुलोले हैरान बन्दै आएको अवस्था थियो । पानी पर्दा हिलोले उस्तै समस्या । स्थानीयले लगातार आन्दोलन अघि बढाएर सडकमा ढाट लगाएपछि निर्माण पक्षले काम थालेको हो ।

 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट ठेक्काको जिम्मा दिएको श्री जेएससी स्वामिनारायण आशिर्वाद जेभीले भृकुटी चोकतर्फबाट कालोपत्रे गर्न थालेपछि स्थानीयले राहतको महसुस गर्न थालेका छन् ।

 

सडक कालोपत्रेको प्रक्रिया थाल्ने भन्दै सडकको धुलो उडाउने क्रममा उडेको माटो फुटपाथमा थुपारिदिएपछि त्यसलाई उठाएर स्थानीयवासीले सफा गरेका थिए श्री जेएससी स्वामिनारायण आशिर्वाद जेभीले दु्रत गतिमा ह्यूम पाइप विछ्याएर कालोपत्रे गर्न प्रतिवद्धता जनाएको भएपनि २० दिनसम्ममा पनि प्रक्रिया सुरु नगरेपछि जेठ २७ बाट स्थानीयले पुनः सडकमा ढाट लगाएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति