भद्रपुर, ३ असार — भद्रपुर नगरपालिकाले नगरवासीका लागि एम्बुलेन्स सेवा उपयोग गर्दा लाग्ने शुल्क निर्धारण गर्दै बिर्तामोड, दमक, धरान र विराटनगरजस्ता गन्तव्यहरूसहितको दररेट सार्वजनिक गरेको छ।
साथै, जेष्ठ नागरिक, विपन्न वर्गका नागरिक तथा गर्भवती महिलाहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ।
नगरप्रमुख गणेश पोखरेलद्वारा हस्ताक्षरित यो कार्यविधि २०८२ सालदेखि लागू गरिएको हो।
स्थानीय तहको सेवा पहुँचलाई जनमुखी बनाउने उद्देश्यले जारी गरिएको यो निर्णयले भद्रपुर नगरपालिका स्वास्थ्य सुरक्षामा संवेदनशील र जिम्मेवार रहेको सन्देश दिएको छ।
यस्तो छ दररेट : 
भद्रपुर नगरभित्र १०००
भद्रपुर – बिर्तामोड १०००
भद्रपुर – दमक १५००
भद्रपुर – धरान ४०००
भद्रपुर – विराटनगर ४००००
विशेष वर्गका लागि कस्तो छ छुट व्यवस्था ?
१. ७० वर्षदेखि ८० वर्षसम्मका नेपाली नागरिकहरूलाई एम्बुलेन्स भाडामा ५० प्रतिशत छुट दिइनेछ।
२. ८० वर्षभन्दा माथिका नागरिकहरूलाई एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिनेछ।
३. नगरपालिकाभित्रका स्थायी बासिन्दा र स्वास्थ्य संस्थाको सिफारिससहित सेवा लिने गर्भवती महिलाहरूलाई एम्बुलेन्स सेवा निःशुल्क दिइनेछ।
४. नगरपालिकाले विपन्नको सूचीमा राखेका नागरिकहरूलाई पनि सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ।
 
								 
								 
								 
											 
								 
								 
								 
								 
								 
								 
								








