पुलको अध्ययन अनुगमन सुरु

एउटै पुल दुई पटक बगायो, एक पटक भाँच्चियो

दमक, ४ असार । मेची राजमार्गअन्तर्गत पाँचथरकाे हेवाखोलामा निर्माणाधीन ७० मिटर लामो मोडुलर ब्रिज भाँच्चिएपछि बनेको समितिले अध्ययन थालेको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको सडक विभागका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले हेवा खोलामा भाँच्चिएको पुलको स्थलगत अध्ययनसँगै काम थालेको हो । समितिको टोलीले जडान प्रविधि, लोड व्यवस्थापन तथा प्राविधिक पक्षहरूको अध्ययन सुरु गरेको छ । समितिले सात दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने बताइएको छ ।

 

समिति संयोजक खनालका अनुसार कमजोरी सच्याएर मोडुलर ब्रिज जडानको कार्य पुनः अघि बढाइनेछ । ब्रिज उपलब्ध गराउने भारत सरकारसँग पनि समन्वय भइरहेको पनि उहाँले बताउनुभयो ।

 

२०८० सालकाे बाढीले हेवाखोलाकाे पुल  बगाएपछि बेलिब्रिज राखिएको थियो । पुनः २०८१ असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएपछि मोडुलर ब्रिज जडानको कामअघि बढाइएकोमा जडानको काम सकिनै लाग्दा जेठ ३१ गते भाँच्चिएको थियो । ब्रिज भाँच्चिएर तीनजना घाइते भएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति