तुलसादेवी न्यौपाने स्मृति सम्मान र छात्रवृत्ति

दमक, ६ असार / झापाको दमकका छविराम न्यौपानेसहितको परिवारले खडा गरेको अक्षयकोषले वर्षेनी शिक्षक सम्मान र विद्यार्थी छात्रवृत्ति कार्यक्रम समाजसेवाको उदाहरण बन्दै आएको छ ।

 

न्यौपाने परिवारले खडा गरेको १० लाखको अक्षयकोषमार्फत शुक्रबार साहित्य कला संगमको आयोजनामा तुलसादेवी न्यौपाने स्मृति पुरस्कार २०८१ बाट हिमालय माविकी शिक्षक नैनकला थेवे सम्मानित बन्नु भयो । कार्यक्रमका प्रमुख अतिथि कमल वस्ती, कोषदाता छविराम न्यौपाने, डा. लेखनाथ न्यौपानेसहितबाट उहाँलाई नगद ५ हजारसहितले सम्मानित गरियो ।

 

यसैगरी, हिमालय माविका १० र पृथ्वी माविका १० गरी २० जना जेहेन्दार विद्यार्थीलाई जनही ३ हजारका दरले छात्रवृत्ति तथा सूर्यदर्शन सहकारीबाट विद्यालय झोला प्रदान गरिएको छ ।

 

यसकासाथै हिमालय मावि पूर्व विद्यार्थी मञ्च २०४४ समूहका अध्यक्ष डा. लेखनाथ न्यौपानेको अगुवाईमा १ लाख रुपैयाँ अक्षयकोष खडा गरिएको छ । सो कोषबाट पहिलो पटक हिमालय माविका सुज्जा काफ्‌ले र नेहा लिम्बूलाई जनही ३ हजारका दरले सुनौलो भविष्य पुरस्कार समेत वितरण गरिएको छ ।

 

साहित्य कला संगमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षताको कार्यक्रममा साहित्यकारहरु यादवप्रसाद अधिकारी झाँक्रीखोले, मेघनाथ बन्धु, भूपेन्द्रराज तिम्सिना, कृष्ण उदासी, दुर्गा खनाल काफ्‌लेसहितले रचना वाचन गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय

रविलाई चिनियाँ राजदूतको आश्वासन– विपद् पूर्वसूचना प्रणाली बलियो बनाउँछौं

 काठमाडौं , १६ भदौ । रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ ।उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक

डिजिटल अर्थतन्त्रमा एआई र साइबर सुरक्षामा सचेत रहन विज्ञहरूको जोड

काठमाडौं ,१६ भदौ। नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स एआइको भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत उद्योग

६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, त्रिविमा शिक्षाध्यक्ष पनि फेरिए

काठमान्डौ,१६ भदौ ।सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष