लागु औषध सप्ताह सुरु

लागूऔषध प्रयोगकर्ताको हव बन्दै झापा , मासिक करोडसम्म कारोबार, २७ हजार प्रयोगकर्ता

झापाको काँकरभिट्टा, भद्रपुर र गौरीगञ्ज नाकाबाट मात्र मासिक एक करोड रुपैयाँ बराबरको गाँजा, चरेश र अफिमजस्ता लागूपदार्थ अवैध रूपमा भित्रिने प्रहरी तथ्यांकले देखाउँछ ।

मेचीनगर, ६ असार । झापामा मात्र २७ हजार लागूऔषध प्रयोगकर्ता रहेको प्रहरी तथ्यांकले देखाएको छ ।

 

 

लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर जिल्ला प्रशासन कार्यालय झापाले आज काँकरभिट्टामा आयोजना गरेको सचेतनामूलक कार्यक्रममा प्रहरीले यो विवरण सार्वजनिक गरेको हो ।

 

 

 

लागूऔषध नियन्त्रणका लागि कुकुरसहित सीमामा खटिने प्रहरीले हरेक दिनजसो कारोबारीलाई नियन्त्रणमा लिए पनि खुला सीमाका कारण प्रहरीले अपेक्षित सफलता हात पार्न सकिरहेको छैन ।

 

‘ लागूऔषध अहिले जिल्लाकै प्रमुख चुनौती बनेको’ बताउने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी लागूऔषध नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गर्ने तयारी सुनाउनुहुन्छ ।

 

 

 

अहिले सुरु भएको अभियान आउँदो १२ गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने बताइएको छ ।

 

 

 

झापाको काँकरभिट्टा, भद्रपुर र गौरीगञ्ज नाकाबाट मात्र मासिक एक करोड रुपैयाँ बराबरको गाँजा, चरेश र अफिमजस्ता लागूपदार्थ अवैध रूपमा भित्रिने प्रहरी तथ्यांकले देखाउँछ ।

 

 

 

यसको न्यूनीकरणका लागि मेचीनगरका विभिन्न विद्यालयमा फ्यान क्लव गठन गरिएको छ । ती क्लवका साथै सुधारगृह सञ्चालक, राजनीतिक दल र नागरिक समाजको समेत सहयोगमा लागूपदार्थ ओसारपसार र प्रयोग रोक्न पहल गरिने प्रजिअ अधिकारी बताउनुहुन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको