समिति सभापतिको निरीक्षण

दमकको कृष्ण मन्दिर–टुक्रे खण्डको सडक निर्माण अन्तिम चरणमा

सडक स्तरोन्नतिले यातायातका साधनलाई भरपर्दाे बनाउने विश्वास गरिएको छ ।

दमक, ७ असार  ।    दमकको कृष्ण मन्दिर–टुक्रे–धराने टोल–पिङ्डाँडा टोल–आमबारी हुँदै इटहरा रोडसम्म जोड्ने बहुवर्षीय कालोपत्रे तथा डेन निर्माण योजना अन्तर्गत कृष्ण मन्दिर–टुक्रे खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

दुई चरणमा ठेक्का सम्झौता गरिएको यस योजनाको पहिलो खण्डका कामहरू तीव्र गतिमा सम्पन्न भइरहेका छन् ।

शनिबार कोशी प्रदेश पूर्वाधार विकास समितिका सभापति होमबहादुर थापाले सो सडक खण्डको स्थलगत अनुगमन गर्नुभएको थियो । उहाँले निर्माण प्रक्रियाबारे जानकारी लिनुका साथै आगामी असार मसान्तभित्र काम सकिने योजना रहेको बताउनुभयो ।

कृष्ण मन्दिर–टुक्रे सडक विगतमा अत्यन्त जिर्ण अवस्थामा रहेको र बर्खाको समयमा हिलो र अवरोधका कारण आवागमनमा समस्या हुने गरेको स्थानीय बताउँछन् । अहिले भने डेनसहितको कालोपत्रे सडक निर्माण भइरहेकाले सर्वसाधारणमा उत्साह देखिएको छ ।

दुई महिनामै तीव्र गतिमा काम भएको भन्दै टुक्रे टोल विकास संस्थाका अध्यक्ष माधव सिटौलाले निर्माणसँग संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस्तो गति अन्य विकास निर्माणमा पनि देखिनुपर्ने धारणा राख्नुभयो ।

 

यो सडक नजिकैका घना बस्ती, विद्यालय, व्यवसायिक केन्द्र र दमकबाट टाढा गएका यात्रुहरुको लागि वैकल्पिक र सहज मार्ग हो । सडक स्तरोन्नतिले यातायातका साधनलाई भरपर्दाे बनाउने विश्वास गरिएको छ । दमक नगरपालिकाको पूर्व–पश्चिम जोड्ने रणनीतिक सडक अहिले मात्र होइन, दीर्घकालीन व्यापार र आवागमन सुगम बनाउने एक महत्वपूर्ण पूर्वाधार बन्ने देखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका