सीप प्रवर्द्धनमा वडाको भूमिका

स्वरोजगार बन्न अभिप्रेरित हुँदैछन् गृहिणीहरु

दमक, १० असार / महिलाको सशक्तिकरण र स्वरोजगारमा योगदानमा आधारित बिभिन्न तालिमहरु सञ्चालनमा आउन थालेका छन् । स्थानीयस्तरमै महिलाहरूको सीप विकास तथा आत्मनिर्भर बन्नका लागि सहयोग पुग्ने उद्धश्यले यस्ता तालिम सञ्चालनमा आउने गरेका छन् । सोही क्रममा दमक नगरपालिका १ ले पनि घरायसी काम व्यवहारमा व्यस्त रहनुपर्ने महिलाहरुका लागि ५ दिने धुप बनाउने तालिम सञ्चालनमा ल्याएर उनीहरुको फुर्सदको समयलाई स्वरोजगार बन्ने कुरामा प्रेरित गरेको छ ।

 

महिला सशक्तीकरण र देश विकासको एक महत्वपूर्ण आधारका रूपमा महिला उद्यमीलाई लिन सकिन्छ । यहि सोचलाई आत्मसात गर्दै महिलाहरूका लागि एक औपचारिक कार्यक्रमकाबीच धुप बनाउने तालिमको उद्दघाटन गरिएको छ । तालिम लिन वडाका बिभिन्न उमेर समुहका महिलाहरुको सहभागि रहेको छ । आफूहरुलाई अन्य तालिममा त्यति अनुकुल नभएपछि वडाले दिएको यसखाले तालिममा सहभागि जनाएको बताउनुहुन्छ, दमक १ की संगीता अधिकारी ।

 

दमक नगरपालिका १ का अध्यक्ष हरिप्रसाद न्यौपाने चालु आर्थिक वर्षमा आर्थिक सामाजिक र पूर्बाधारमा छुट्याईका बजेटले यसअघि कम्प्युटर, बारिष्टा र ड्राईभिङ तालिम दिएको र अन्तिममा महिलाहरुमा धुप बनाउने तालिम सञ्चालन गरिएको बताउनु भयो ।
पछिल्लो समय सरकारी रकमबाट तालिम सञ्चालन त हुन्छन् तर तालिम पश्चात सहजीकरणको अभावमा तालिमले उपलब्धी पाउदैन अर्थात, त्यो तालिम निस्प्रभावी हुन जान्छ । दमक १ ले दिएको धुप बनाउने तालिमले चाँहि तालिमपश्चात यसको प्रयोग कसरी गर्छ त ? वडाध्यक्ष हरिप्रसाद न्यौपानेले निगरानीका साथ प्रशिक्षार्थीहरुलाई सो तालिम अनुरुप काम गर्न अभिप्रेरित गर्ने जनाउनु भयो । ‘सामग्री उपलब्ध गराउने कुरामा र बजार नपाउने अवस्था भएमा सहजीकरण गरिदिने छौं ।’– उहाँले भन्नुभयो । तालिमको सहजकर्तामा सहृदयता धुप उद्योगकी सञ्चालक खेमकुमारी संग्रौला ओली रहनु भएको छ ।

 

यस तालिमलाई स्थानीय सरकारको वार्षिक कार्यक्रमअनुसार सञ्चालन गरिएको हो । तालिमले महिलाको सशक्तिकरण र स्वरोजगारमा योगदान र्पुयाउने विश्वास वडाले लिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय