पथरी शनिश्चरेको बजेट

८१ करोड ९९ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक

दुई कर्मचारी पुरस्कृत

पथरी, १० असार / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभाले मंगलबार नीति कार्यक्रमसहित ८१ करोड ९९ लाख ११ हजारको वजेट प्रस्तुत गरेको छ ।

 

नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षताको नगरसभामा उपप्रमुख देवीमाया काफ्‌लेको अस्वस्थताका कारण नगर प्रवक्ता नवीन कार्कीले नीति कार्यक्रमसहितको सो बजेट प्रस्तुत गर्नुभएको हो । सो बजेटका बारेमा पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी गराइने कार्यक्रम रहेको छ ।

 

सभामा उत्कृष्ठ कर्मचारीका रुपमा लेखा शाखा प्रमुख पिताम्बर वस्ती र ३ नम्बर वडामा कार्यरत कार्यालय सहायक इन्द्र सुब्बालाई पुरस्कृत गरिएको छ । न्यायिक समितिका सदस्य पदम धिमालले न्यायिक समिति र लेखा समिति संयोजक भीमकुमार राईले लेखा समितिको प्रतिवेदन समेत प्रस्तुत गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही