महिला उद्यमशीलतामा जोड

अर्गानिक मच्छड धुप निर्माण तालिम, बजारीकरण र ब्रान्डिङमा सघाउने

आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न व्यावसायिक तालिमहरु सञ्चालन गर्दै

 

दमक ११ , असार – अर्ग्यानिक मच्छड धुप बनाउने, बजारीकरण र ब्रान्डिङ सम्बन्धी १० दिने तालिम बुधबारदेखि दमकमा सुरु भएको छ। दमक नगरपालिकाको आर्थिक सहयोगमा तथा दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्नको आयोजनामा सुरु भएको तालिममा २० जना एकल महिला सहभागी छन्।

 

 

दमक सभाहलमा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा नगरप्रमुख रामकुमार थापा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुँदै, यस्ता सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर बनाउने दिशामा सशक्त योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

 

 

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित उपप्रमुख रेगिना भट्टराईले महिलालाई आर्थिक रूपमा सक्षम बनाउने यस्ता कार्यक्रमहरूको प्रभावकारितामाथि जोड दिनुभयो।

 

 

आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद पोखरेलले अर्ग्यानिक धुप उत्पादनमार्फत घरेलु उद्योग विस्तार र रोजगारी सिर्जनामा तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

 

 

संस्थाकी सञ्चालिका तथा कार्यकारी प्रमुख बबिता तिम्सिनाले दिव्यदृष्टिले महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न व्यावसायिक तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

 

 

कार्यक्रम सञ्चालन दमक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले गर्नुभयो।

 

 

 

तालिममा सहभागी महिलाहरुलाई उत्पादन प्रक्रियासँगै प्याकेजिङ, ब्रान्डिङ तथा बजार व्यवस्थापनका विविध पक्षमा व्यवहारिक ज्ञान प्रदान गरिनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही