जवाफदेहिता सिर्जना

दमक ६ को सार्वजनिक सुनुवाई, विकास र योजनामा नागरिकको चासो

दमक, १३ असार /नेपालको संविधानले नागरिकलाई सूचनाको अधिकार सुनिश्चित गरे पनि अधिकांश सरकारी निकाय र सार्वजनिक संस्थाहरुले आफ्ना योजनाको विवरण सार्वजनिक नगर्दा पारदर्शिता माथि प्रश्न उठ्ने गरेको छ। तर कतिपय स्थानीय तहहरुले भने आर्थिक वर्षभित्र सञ्चालन भएका गतिविधिको जानकारी नागरिकहरु समक्ष प्रस्तुत गर्दै नागरिक अधिकारको प्रत्यभूत गरेका छन् ।

 

दमक नगरपालिका–६ ले नागरिकको अधिकारको अनुभूत गर्दै वडामा चालू आर्थिक वर्ष भएका आम्दानी, र खर्चको विवरण  सार्वजनिक  गर्देै पारदर्शिताका लागि सार्वजनिक  कार्यक्रम सम्पन्न गरेको छ ।

 

स्थानीय तह र नागरिकहरुबीचको दाहोरो संबाद स्थापित गर्न दमक नगरपालिका ६ ले सार्वजनिक  सुनुवाइ कार्यक्रम गरिएको छ । दमक नगरपालिका ६ का अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव प्रकाश घिमिरेले चालू आर्थिक बर्षमा १ करोड २९ लाख ४० हजार रुपैयाँको कुल बजेटमध्ये १ करोड ३ लाख ५२ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो। सोमध्ये भौतिक पूर्वाधारतर्फ ९५ प्रतिशत र वित्तीयतर्फ ८० प्रतिशत बजेट खर्च भएको समेत जानकारी गराइएको थियो। आम्दानीतर्फ ४ करोड ४६ लाख ९० हजार २१५ रुपैयाँको लक्ष्य राखिएपनि २ करोड ७६ लाख ९ हजार ९२ रुपैयाँ, अर्थात ६१ प्रतिशत लक्ष्य हासिल उहाँ  बताउनुहुन्छ —

कार्यक्रमको दोस्रो सत्रमा सहभागी नागरिकहरुले वडामा देखिएका दुव्र्यसन, बेरोजगारी, आयआर्जनसँग सम्बन्धित योजना, तथा वडामा भइरहेका सामाजिक र विकास निर्माण कार्यप्रति चासो व्यक्त गरेका थिए। उनीहरुले फोरमैला व्यवस्थापन र लागु पदार्थ दुब्र्यसनलाई प्रमख चासोका रुपमा राखेका थिए —

कार्यक्रमको समापनमा वडा अध्यक्ष टेक बहादुर थापाले नागरिकहरुको सुझाव र सरोकारका विषयहरुलाई गम्भिरतापूर्वक लिँदै आगामी दिनमा झन प्रभावकारी योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। दमक ६ मा टोल विकास सस्था र नागरिहरुको प्रत्यक्ष सहभागिता भए समृद्धि समभब हुने धारणा राख्नुहुन्छ —

स्थानीय तहको यस प्रकारका कार्यक्रमले स्थानीय तह र जनताको बीचमा पारदर्शिता साथै सुशासनको प्रत्यभुतिका साथै जनप्रतिनिधिलाई नागरिहरुतर्फ जबाफदेहिता सिर्जनामा समेत महत्वपूर्ण भूमिका खेल्नेमा कुनै दुईमत देखिदैन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप