दमक वडा नम्बर ५

लकिङ टायल अभियान : भित्री सडकको सौन्दर्य र समृद्धिको सन्देश

यद्यपि केही सहायक सडकहरू भने अझै निर्माणको पर्खाइमा छन्।

दमक, १४ असार / दमक नगरपालिका वडा नम्बर ५ को भित्री सडकहरू अहिले सौन्दर्यतर्फ उन्मुख छन् । जहाँ पहिले धुलो र हिलोमा गाडी गुड्थे, अहिले त्यही सडकहरूमा आकर्षक ढाँचामा लकिङ टायल बिछ्याउने अभियान तीव्र गतिमा अघि बढेको छ ।

 

विशेषगरी ती स्थानहरू जहाँ यातायातसहितका साधनको चाप कम हुन्छ वा चाल नै नगर्ने, त्यस्ता ठाउँमा लकिङ टायल प्रयोग गरिँदैछ । यसले सडक सुन्दर देखिन्छ, बरु स्थानीय बासिन्दाको पनि आत्माभिमान बढेको छ । “गाउँ पनि सहर जस्तै बनोस’ भन्ने भावना यही अभियानमा देखिन्छ ।

 

वडाका विभिन्न टोलहरूमा अहिले धमाधम सडक निर्माण भइरहेका छन् । शान्तिभूमि टोल जस्तो ठाउँमा अहिले प्रदेश सरकारको बजेटमा लकिङ टायल बिछ्याउने कार्य भइरहेको छ । वडा सदस्य शोभा बेलबासे भन्नुहुन्छ, “वडाको बजेट सीमित छ । त्यसैले हामी प्रदेश सरकारको सहयोगमा यसरी ठूलो लगानीका योजना अघि बढाइरहेका छौं ।’’

 

 

त्यस्तै यलम्बर चोकदेखि मोडल क्याम्पस हुँदै मालपोत कार्यालय जाने सडक अहिले ड्रेनसहित कालोपत्रे गरिएको छ । यस सडकका साइडमार्गहरू भने लकिङ टायलमार्फत अझ आकर्षक बनाइँदै छन् । यस्तो प्रयासले दमक ५ का भित्री मार्गहरूलाई व्यवस्थित बनाउनुका साथै आधुनिक रूप दिन सहयोग पुर्‍याइरहेको छ । यद्यपि केही सहायक सडकहरू भने अझै निर्माणको पर्खाइमा छन् । यसबारेमा स्थानीयवासी कमल दाहाल भन्नुहुन्छ “सबै जनालाई आफ्नो घरअगाडिको बाटो पहिला बनोस् भन्ने चाहना हुन्छ, तर स्रोत र प्राथमिकताका आधारमा काम गरिन्छ भन्ने बुझ्न जरुरी छ । यद्यपि यी अधुरा योजनाहरुले चाँडै सम्पन्नता पाओस् ।’

 

वडाका कार्यवाहक अध्यक्ष खड्ग राईका अनुसार, पूर्वाधार विकासमा वडाको मात्र होइन, नगर, प्रदेश र संघीय सरकारको पनि साझेदारी आवश्यक रहेको उल्लेख गर्दै सबै तहसँग समन्वय गरेर काम गरिरहेको बताउनु भयो ।

सडक विकाससँगै जनअपेक्षा र जिम्मेवारीको समन्वय आवश्यक

 

दमक ५ मा लकिङ टायल अभियानले भौतिक पूर्वाधारसँगै जनताको जीवनशैलीमा समेत परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । तर जनअपेक्षा सँगसँगै जिम्मेवार नागरिकको भूमिका र सरकारबीचको सहकार्य अझ प्रभावकारी बनाउन सकियो भने यस्ता अभियान अझै दिगो र सफल बन्न सक्छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर