राष्ट्रिय वृक्षारोपण दिवसमा विशेष कार्यक्रम

लाहा खेती प्रवर्द्धन गर्दै पथरीशनिश्चरेका सामुदायिक वनहरू

पथरी, १४ असार
राष्ट्रिय वृक्षारोपण दिवस तथा लाहा खेती प्रवर्द्धनअभियान अन्तर्गत मोरङको पथरी शनिश्चरे १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले एक विशेष कार्यक्रम गरी लाहा खेतीको सुरुवात गरेको छ ।

 

शनिबार सम्पन्न कार्यक्रममा समूहका सदस्यले वनको खण्ड– १ मा लाहा उत्पादनका लागि आवश्यक ’होस्ट प्लान्ट’ सेमिया लत्ता र कुसुमका विरुवा रोपेका छन् ।

 

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य मानबहादुर लिम्बूले सामुदायिक वनले आर्थिक आत्मनिर्भरता हासिल गर्न नयाँ सम्भावनाको ढोका खोल्ने गरी लाहा खेतीको थालनी गर्नु सराहनीय कदम भएको बताउँदै भन्नुभयो “यो वन अब केवल हरियालीको स्रोत होइन, आय आर्जनको केन्द्र बन्न सक्छ,।”

 

 

विशिष्ट अतिथि प्रदेशसभा सदस्य गीता तिम्सिनाले सामुदायिक वनले परम्परागत ढाँचाबाट बाहिर निस्कँदै लाहा खेतीमार्फत आर्थिक रुपान्तरणको अभियान सुरु गरेको उल्लेख गर्नुभयो ।

 

डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले वन कार्यालयको सहकार्यमा यस वर्ष ३ हेक्टर क्षेत्रफलमा लाहा खेतीको होस्ट प्लान्ट रोपिएको जनाउनु भयो । “२ हेक्टरमा पशुपति र १ हेक्टरमा महिला जागृति सामुदायिक वनमा विरुवा रोपिएको बताउँदै भन्नुभयो “लाहा खेती दीर्घकालीन आम्दानीको राम्रो स्रोत हो ।”

 

 

लाहा विज्ञ डम्बर विश्वकर्माले लाहाको वैज्ञानिक पक्ष प्रष्ट पार्दै यसको व्यावसायिक सम्भावनाबारे प्रकाश पार्नुभयो । लाहा उत्पादनका लागि सेमिया लत्ता र कुसुमजस्ता रूखहरूमा लाहाको कीरा हुर्काइन्छ । यो जैविक छ र वातावरणमैत्री हुने उहाँले उल्लेख गर्नुभयो ।

 

 

वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडाले लाहा खेतीले युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै विदेश जानुपर्ने बाध्यता हटाउने बाटो लाहा खेतीले देखाउने उल्लेख गर्नुभयो ।

 

 

सामुदायिक वन उपभोक्ता महासंघ मोरङकी सचिव सीता चौहान रायमाझीले लाहा खेतीले महिलाहरूको आत्मनिर्भरता र सशक्तिकरणमा समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

 

 

अध्यक्ष पुष्पराज शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरभरिका ११ वटा सामुदायिक वन, विभिन्न विद्यालयका प्रतिनिधि तथा उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

लाहा खेती के हो ?
लाहा एउटा प्राकृतिक गोंद हो, जुन लाहाको कीराले सेमिया लत्ता वा कुसुम जस्ता रूखमा जम्मा गर्छ । कीराले बनाएको राल सङ्कलन गरी प्रशोधनपछि गोंदको रूपमा प्रयोग गरिन्छ । यसबाट पॉलिस, लेकर, इलेक्ट्रोनिक उपकरण, खाद्यकोटिङ, सौन्दर्य प्रसाधन, औषधि आदिमा प्रयोग हुने मूल्यवान पदार्थहरू बनाइन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य